Headline

रेड कार्डले प्रतिबन्ध व्यहोरेका मेस्सी बार्सिलोना टोलीमा फर्किए

Published

on

अर्जेन्टिना स्टार लियोनल मेस्सी कोपा डेल रे मा रायो भालेकानोबिरुद्धको खेलका लागि बार्सिलोना टोलीमा फर्किएका छन् ।

मेस्सीले यो सिजन कोपा डेल रे मा खेलेका छैनन् तर प्रतिबन्धको कारण दुई म्याचमा अनुपस्थित रहेपछि प्रशिक्षक रोनाल्ड कोमनले उनलाई बुधबार हुने अन्तिम १६ को खेलका लागि प्रयोग गर्न सक्न अपेक्षा गरिएको छ । स्पष्ट नगरिएको सामान्य फिटनेस समस्यका कारण मेस्सीलाई यसअघि बिश्राम दिइएको थियो ।

“उनी पूर्ण रुपमा फ्रेस महसुस गर्दैछन् र कुनै किसिमको समस्यामा पनि छैन । जित्नको लागि हामीलाई मेस्सी निकै राम्रो लयमा हुनुका साथै उनले सधै खेल्ने गरेको खेल देखाउन आवश्यक छ । उनी खेल्न उत्सुक छन् । उनी यस्ता खेलाडी हुन् जो हरेक खेल खेल्न चाहन्छन्,” कोमनले भने ।

जनवरी १७ मा भएको स्पेनिस सुपर कपको फाइनलमा एथ्लेटिक बिल्बाओसँग व्यहोरेको ३–२ को हारका दौरान फ्रस्ट्रेटेड देखिएका मेस्सीले बिपक्षी खेलाडीलाई प्रहार गरेपछि रेड कार्ड खादा उनी दुई म्याचको प्रतिबन्धमा परेका थिए । यो उनको बार्सिलोना करिअरकै पहिलो रेड कार्ड थियो ।

मेस्सी गत हप्ता कोर्नेलाबिरुद्धको कोपा डेल रे र आइतबार स्पेनिस लिगको एल्चेबिरुद्धको खेलमा अनुपस्थित रहेका थिए । दुवै खेल बार्सिलोनाले २–० ले जितेको थियो ।

स्पेनिस ला लिगामा बार्सिलोना शिर्ष स्थानको एट्लेटिको म्याड्रिडभन्दा १० अंक र चीर प्रतिद्वन्दी रियल म्याड्रिड भन्दा चार अंकले पछि पर्दै तेश्रो स्थानमा रहेको छ । आधा सिजन बाकी रहेको अवस्थामा एट्लेटिकोले एक खेल कम खेलेको छ ।

सिजनमा खासै राम्रो शुरुवात नगरेको बार्सिलोनाले २०२१ मा प्रवेश गर्दा भने राम्रो प्रदर्शन गरिरहेको छ । एथ्लेटिक बिल्बाओसँग हार ब्यहारेपनि लगातार चार अवे खेल जितेको बार्सिलोना लिगमै पछिल्लो ९ खेलमा अपराजित रहेको छ ।

Click to comment

Trending