Headline

नेपालले अर्को महिना ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृंखला खेल्ने

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी महिना घरेलु टोली कतारसँग ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघको आज बसेको बोर्ड बैठकले कतार क्रिकेट संघको निमन्त्रणा स्विकार्दै कतारसँग ट्वान्टी ट्वान्टी खेल खेल्न लागेको हो । कतारले ‘कतार स्पोर्ट्स डे’ को अवसर पारेर नेपाललाई ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलको निमन्त्रणा दिएको हो ।

क्यानले प्रेश बिज्ञप्ति निकाल्दै फेब्रुअरी नौं देखि १२ तारिख सम्म ट्वान्टी ट्वान्टी खेल संचालन हुने जनाए पनि हाल सम्म के कतिवटा खेल हुने यस विषयमा केहि खुलाएको छैन । तर क्रिकेटिङनेपाललाई प्राप्त जानकारी अनुसार यसको टुंगो लागि सकेको छैन । नेपालले चार दिनमा लगातार चार वटा ट्वान्टी ट्वान्टी खेल्ने सम्भावना प्रवल रहेको छ भने एउटा ५० ओभरको खेल खेल्दै अन्य ट्वान्टी ट्वान्टी हुन सक्ने पनि सम्भावना रहेको छ । यसको टुंगो कतारले केहि दिनमा लगाउने छ ।

त्यस्तै कतारसँगको शृंखलालाई मध्य नजर गर्दै नेपालले फेब्रुअरी एक तारिख देखि नै बन्द प्रशिक्षण सुरु गर्ने भएको छ ।

क्यानको आजको बोर्ड बैठकले प्रधानमन्त्री कपको विजेतालाई १० लाख तथा उप विजेतालाई पाँच लाख नगद दिने पनि निर्णय गरेको छ ।

Click to comment

Trending