Headline

महिला लिग: बिभागीय डर्बीमा एपिएफ हावी, आर्मी पराजित

Published

on

राष्ट्रिय महिला लिगको नवौँ खेलको बिभागीय डर्बीमा एपिएफले आर्मीलाई २-० ले हराएको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई हराउदा अन्जली योन्जन र सरु लिम्बुले गोल गरेका थिए ।

२७ औँ मिनेटमा एपिएफले खेलको पहिलो गोल गर्यो । साबित्रा भण्डारीले दिएको पासमा अन्जली योन्जनले डिबक्सको दाँया भागबाट बललाई कर्ल गर्दै गोल गरेकी थिइन । ३६ औँ मिनेटमा आर्मीले राम्रो मौका गुमायो । सपना लामाले दिएको क्रसलाई एपिएफकी गोलरक्षक अन्जिला तुम्बापो सुब्बाले जज गर्न नसके पछि छुटेको बललाई कुनै आर्मीको कुनै खेलाडी समयमा नपुग्दा आर्मी बराबरी गोल गर्न चुकेको थियो ।

एपिएफको लागि दोस्रो गोल भने सरु लिम्बुले गरिन । डिबक्स भित्र साबित्राले दिएको पासलाई अन्जली योन्जनलाई नभेटे पछि सरुले पाएको बललाई जाली चुमाएकी थिइन ।

पहिलो हाफमा आर्मी र एपिएफ दुवैले राम्रो मुभहरु बनाए पनि पाएको मौकालाई सदुपयोग गर्दा एपिएफ २-० ले अगाडि रहेको थियो ।

दोस्रो हाफमा एपिएफको लागि सबित्रा भण्डारीले ६३ औँ मिनेटमा पाएको मौकालाई सदुपयोग गर्न सकिनन् । आर्मीले दोस्रो हाफमा सोचेको जस्तो मुभ बनाउन सकेन । ७४ औँ मिनेटमा सपना लामाले दिएको क्रसमा रष्मी घिसिङले गरेको प्रहर राम्रो हुन नसक्दा एपिएफकी अन्जिला सुब्बाले बचाएकी थिइन ।

जितसँगै एपिएफ ९ अंकका साथ पहिलो र ५ अंकका साथ नेपाल पुलिस दोस्रो र ४ अंक सहित आर्मी तेस्रो स्थानमा रहेको छ ।

 

Click to comment

Trending