Headline

६ खेलाडीहरुलाई क्रिकेट बजारको एक बर्षे प्रायोजन

Published

on

नेपालमा क्रिकेटको सामान उत्पादन तथा बिक्री गर्ने सबैभन्दा पहिलो ब्राण्ड क्रिकेट बजारले ६ जना क्रिकेटरहरुलाई एक बर्षको प्रायोजन गरेको छ ।

प्रायोजित खेलाडीहरुमा नेपाल पुलिस क्लबका अनिल कुमार साह, रशिद खान र सुनिल धमला, बागमती प्रदेशका रामनरेश गिरी, भेटेरान अलराउण्डर तथा प्रदेश २ का खेलाडीद्वय महबुब आलम र रवि साहसँगै अर्निको यादव पनि रहेका छन् ।

प्रायोजन सम्झौता अनुसार क्रिकेट बजारले एक बर्षसम्म ६ नै जना खेलाडीहरुलाई क्रिकेटका सामग्रीहरु प्रदान गर्नेछ भने खेलाडीहरुले आफ्नो ब्याटमा सिबी अंकित लागो प्रयोग गर्नेछन् ।

क्रिकेट बजार अनुसार निकै स्तरीय क्रिकेट सामग्री उत्पादन गर्दै सस्तोमा बिक्रि भइरहेका कम्पनीको सामान अधिकांश नेपाली खेलाडीहरुले प्रयोग गर्दै आइरहेका छन् ।

मङ्गलवार त्रिवि क्रिकेट मैदानमा भएको एक कार्यक्रमकाबीच कम्पनीका प्रोप्राइटर जय गिरी र खेलाडीहरुले प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका थिए ।

Click to comment

Trending