Headline

सन्दिप मेलबर्न विरुद्ध महँगो साबित हुँदै विकेट बिहिन

Published

on

बिग ब्यास लिग अन्तर्गत होबार्ट हरिकेन्सको समुह चरणको अन्तिम लिग खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछाने महँगो साबित भए भने विकेट बिहिन पनि रहे ।

चार ओभर बलिङ गरेका सन्दिपले ३५ रन खर्चिए भने कुनै पनि विकेट हात पार्न सकेनन् ।

होबार्टको लागि आठौँ ओभर लिएर आएका सन्दिपले आफ्नो पहिलो ओभरमा सात रन खर्चिए भने दोश्रो ओभरमा आठ रन दिए । तेश्रो ओभरमा उत्कृस्ट पुनरागम गरेका सन्दिपले पाँच रन मात्र खर्चिए पनि आफ्नो चौथों तथा अन्तिम ओभरमा दुई छक्का सहित १५ रन खर्चिन पुगे ।

सन्दिपले यस सिजनको बिग ब्यास लिगमा आठ खेल खेल्दै आठ विकेट हात पारे । अष्ट्रेलिया पुगे पछि अनिवार्य क्वारेन्टिन बस्न पर्ने नियमका कारण सुरुवात छ खेल गुमाएका सन्दिपले लिग चरणको बाँकी आठ खेल खेल्दै आठ विकेट मात्र लिन सफल भएका हुन् । बिग ब्यास लिगको अघिल्ला दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दिप यस सिजन भने होबार्टमा आबद्ध भएका हुन् ।

मेलबर्न स्टार्स, पर्थ स्कोचर्स र सिड्नी सिक्सर्स विरुद्ध समान २-२ विकेट हात पारेका सन्दिपले मेलबर्न स्टार्स र सिड्नी थन्डर विरुद्ध १-१ विकेट हात पारे भने बाँकी तीन खेलमा विकेट निकाल्न सकेनन् ।

आजको खेलमा मेलबर्नसँग ११ रनले पराजित हुँदा सन्दिपको टोली होबार्ट पनि प्रतियोगिताबाट बाहिरिएको छ । सेमीफाइनल पुग्ने आशा जीवित राख्न जित्नै पर्ने खेलमा १५१ रनको मध्यम लक्ष्य सहित ब्याटिङमा आएको होबार्टले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा मात्र १३९ रन बनाउन सक्यो ।

Click to comment

Trending