Headline

प्रधानमन्त्री कपबाट उत्कृष्ट खेलाडी छनोट गरेर नेपाल ए टिम बनाउने छौंः क्यानका अध्यक्ष (भिडियो अन्तरवार्ता सहित)

Published

on

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले काठमाडौँमा जारी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु छनोट गरेर नेपालको ए टिम बनाउने बताएका छन् ।

क्रिकेटिंङनेपालसँगको विशेष अन्तर्वार्ताका क्रममा चन्दले यो योजनाको खुलाशा गरेका हुन् । “अहिले यस प्रतियोगितामा हेर्दा धेरै राम्रा खेलाडीहरु देखिएका छन् । कतिपय खेलाडीहरु अण्डर–१९ का लागि लायक छन् भने केहि खेलाडीहरु अण्डर–१९ भन्दा माथि र राष्ट्रिय टोली भन्दा मुनिका रहेका छन् । हामीले यस प्रतियोगिताबाट त्यस्ता खेलाडी छनोट गर्दै नेपाल ए टिम बनाउने योजना बुन्दै छौँ,” चन्दले भने ।

त्यस्तै क्यानले नेपाल ए मा रहेका खेलाडीहरुलाई धेरै भन्दा धेरै खेल खेलाउने र उनीहरुमा निखारता ल्याउँदै भविश्यका लागि राष्ट्रिय टोलीलाई थप बलियो बनाउन मद्दत गर्ने लक्ष्य राखेको पनि जानकारी दिए । उनले नेपाल ए मा रहेका खेलाडीहरुलाई भारतमा लगेर पनि अभ्यास खेल खेलाउने पनि जानकारी दिए ।

हेर्नुहोस् क्यान अध्यक्ष चतुर बहादुर चन्दको पुरा अन्तर्वार्ता

Click to comment

Trending