Trending

महिला लिग: पुलिस विरुद्ध वालिङको बहादुरीपूर्ण बराबरी

Published

on

राष्ट्रिय महिला लिगमा वालिङ नगरपालिका,स्याङ्जाले बिभागीय टोली नेपाल पुलिस क्लबलाई १-१ को बराबरीमा रोकेको छ । खेलमा पहिले गोल गरे पनि वालिङले अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन पुग्यो । नगरपालिकाको यो टोलीले बिभागीय टोलीलाई बराबरीमा रोक्दा निकै बहादुरीपूर्ण खेल देखायो ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा वालिङ नगरपालिकाका लागि बिदेशी खेलाडी एल्डुइ रुथले गोल गरेकी थिइन । पुलिसका लागि भने रेखा पौडेलले गोल फर्काइन ।

खेलको २९ औँ मिनेटमा रेखा पौडेलले पुलिसका लागि अग्रता लिने मौका गुमाइन । काउन्टर अट्याकमा पाएको मौकामा वान भर्सेस टु को स्थितीमा उनले गरेको प्रहारले गोलकिपरलाई बिट गरे पनि वालिङकी डिफेन्डर पुष्पा गुरुङले गोललाइनबाट किल्यर गर्दिएकी थिइन ।

त्यस्को दुई मिनेट पछि ३० औँ मिनेटमा वालिङले मौका बनायो मिड्फिल्डबाट डोज्मो भेनिसाले अगाडि दिएको पासमा पुलिसका डिफेन्डर सबै बिट भएको अवस्थामा एल्डुइ रुथले गरेको प्रहारले पनि पुलिसकी गोलरक्षक उषा नाथको माथिबाट गए पनि पूजा रानाले गोललाइनबाट किल्यर गर्दिएकी थिइन ।

पहिलो हाफमा वालिङ डिफेन्स निकै अनुशासित देखिएको थियो । पुलिसको रेखा पौडेललाई चार र निर्मला बि.क लाई दुई पटक गोल गर्ने मौकामा अफसाइड खेलाएको वालिङको डिफेन्सका लागि पहिलो हाफमा बिदेशी डिफेन्डर डोज्मो भेनिसाले राम्रो प्रदर्शन गरिन ।

दोस्रो हाफमा भने पुलिसले गोल खान पुग्यो । खेलको ५३ औँ मिनेटमा वालिङका लागि एल्डुइ रुथले गोल गरिन । उनले अर्की बिदेशी खेलाडी एवनिक नोएलेको पासमा सोलो गोल गरेकी थिइन । ६५ औँ मिनेटमा भने पुलिसले खेल बराबरी गरेको थियो । पुलिसका लागि रेखा पौडेलले अमृता जैसीले प्राहार गरेको फ्रिकिकमा पाएको पासमा गोल गरेकी थिइन ।

७० औँ मिनेट वालिङका लागि एवनिक नोएले कर्नरबाट आएको बललाई हेडिङ गरे पनि सही दिशा भने दिन सकिनन् । खेल भरीनै वालिङले पुलिसलाई केही दवाबमा राखेको थियो । राम्रो मौकाहरुको सदुपयोग गर्न नसकेको पुलिसले सोचे जस्तो मुभ बनाउन सकेन ।

 

Click to comment

Trending