Headline

रौटहटको पहिलो जितमा सबिताको ह्याट्रीक

Published

on

रौतहटको चन्द्रपुर नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा चौदण्डीगढी नगरपालिकालाई ७-१ गोल अन्तरले पराजित गर्दै चन्द्रपुरले पहिलो जित निकालेको हो ।

चौदण्डीकीका लागि भने अन्जना थुलुङले एक गोल गरेकी थिइन ।

चन्द्रपुरको जितमा सबिता राना मगरले ह्याट्रिक गरिन् । यस्तै रजनी थोकरले दुई गोल गरिन् भने दिल कुमारी राना मगर र सुनिता भोलानले एक-एक गोल गरिन् ।

२३ औँ मिनेटमा चौदण्डीगढीका लागि अन्जना थुलुङले गोल गर्दै १-० को अग्रता दिलाएकी थिइन ।

तर अग्रता जोगाउन नसक्दा पहिलो हाफको थपिएको इन्जुरी टाइममा चन्द्रपुरको लागी  दिलकुमरी थापा मगर गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएकी थिइन ।

पहिलो हाफमा १-१ को बराबरीमा सकिदा दोस्रो हाफमा भने चन्द्रपुरले ६ गोल गर्यो ।  खेलमा दोस्रो गोलको ४७ औँ मिनेटमा चन्द्रपुरको लागि रजनि ठोकरले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन।

५१ औँ सबिता राना मगरले खेलको तेस्रो र आफ्नो पहिलो गोल गरिन । यस्तौ ५९ औँ मिनेटमा उनले आफ्नो दोस्रो र खेलको चौँथो गोल गर्दा ७८ औँ मिनेटमा खेलको पाँचौँ गोल गर्दै ह्याट्रीक पूरा गरिन ।

चन्द्रपुरका लागी खेलको छैँठौ गोल भने ८५ औँ सुनिता भोलानले गरेकी थिइन ।

यस्तै सातौँ गोल भने इजुरी टाइममा रजनी ठोकरले गरे पछि चन्द्रपुरले ७-१ को फराकिली जित हात पार्यो ।

दोस्रो चरणको खेलहरू सकिँदा ६ अंकको साथ एपिएफ शिर्ष स्थान , ४-४ अंक रहेको  आर्मी दोस्रो र पुलिस तेस्रो स्थानमा रहेको छ भने  चौँथोमा चन्द्रपुर रहेको छ ।

Click to comment

Trending