Headline

‘बार्सिलोना टेर स्टेगनलाई पाएर भाग्यमानी छ’

Published

on

बार्सिलोनाले आइतबार एल्चे विरुद्ध भएको खेलमा २-० को जित निकाल्दा मार्क अन्द्रे टेर स्टेगनले गरेका प्रदर्शनका कारण प्रशिक्षक रोनाल्ड कोमनले स्टेगन बार्साले स्टेगन जस्तो प्रभावशाली गोलरक्षक पाउनु निकै भाग्यमानी भएको बताएका छन् ।

पहिलो हाफको ३९ औँ मिनेटमा क्याट्लान क्लबका लागि फ्रान्की डि यङले १-० को अग्रता दिलाएका थिए भने दोस्रो हाफ सुरु हुने बित्तिकै एल्चेका फर्वार्ड एमिलियानो रिगोनीले गरेको प्रहारलाई स्टेगनले उत्कृष्ट बचाउ गर्दै खेल बराबरी हुनबाट बचाएका थिए ।

एल्चेको लगतार आक्रमण झेलिरहेको बार्सिलोनाका लागि ८९ औँ मिनेटमा भने रिकी पुइगले गोल गरे पछि तीन अंक सिल गरेको थियो ।

“उनीहरुले धेरै मौका त बनाएका हैनन् तर हाम्रो गल्तीका कारण धेरै मुभ भने बनाउन पुगे,” खेल सकिएपछि कोमानले भनेका थिए ।

“तर बर्सिलोना तर स्टेगन जस्तो गोलरक्षक पाएकोमा निकै भाग्यमानी छ । स्टेगनले दुई-तीन वटा निकै राम्रा बचाउ गरे त्यही कारण पनि हामी यो खेलमा तीन अंक हात पार्न सफल भयौँ।” कोमनले भने ।

जित पछि बार्सिलोना ३७ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

Click to comment

Trending