Headline

भ्यालेन्सिया लाई हराउदै एट्लेटिको शिर्ष स्थानमा सात अंक अग्रता

Published

on

लुइस स्वारेज,जाओ फिलेक्स र एन्जल कोरेराले एक-एक गोल गरे पछि एट्लेटिको म्याड्रिडले भ्यालेन्सियालाई ३-१ ले हराएको छ । भ्यालेन्सियाका लागि भने उरोस राकिकले एक गोल गरेका थिए ।

खेलमा पहिलो गोल भ्यालेन्सियाले गरे पनि अग्रता जोगाउन नसक्दा एट्लेटिकोसँग पराजय भोग्न वाध्य भएको थियो । भ्यालेन्सियाका लागि ११ औँ मिनेट उरोस राकिकले हाभी गायाको पासमा पहिलो गोल गरेका थिए । एक गोल गरिसकेको अवस्थामा अझै अट्याकिङ फुटबल खेल्दै एट्लेटिकोको पोस्टमा लगतार प्रहार गरेको भ्यालेन्सियाले २३ औँ मिनेटमा भने काउन्टर अट्याकमा बराबरी गोल खान पुगेको थियो । एट्लेटिकोका लागि जाओ फिलेक्सले गोल गरेका थिए ।

पहिलो हाफमा १-१ को बराबरी खेले पनि दोस्रो हाफमा भने एट्लेटिको म्याड्रिडले दुई गोल गरेको थियो । एट्लेटिकोका लागि ५४ औँ मिनेटमा लुइस स्वारेजले गोल गर्दै खेलमा २-१ को अग्रता दिलाएका थिए । एट्लेटिकोका लागि तेस्रो गोल भने एन्जल कोरेरा ७२ औँ मिनेटमा गरेका थिए । उनले लोरेन्टेको पासमा तेस्रो गोल गरेका थिए ।

जितसँगै एट्लेटिले शिर्ष स्थानमा सात अंकको अग्रता लिएको छ भने अझै एक खेल कम खेलेको छ । ४७ अंक सहित पहिलो स्थानमा एट्लेटिको छ भने ४० अंक साथ रियल म्याड्रिड र ३७ अंक सहित बार्सिलोना तेस्रो स्थानमा रहेको छ ।

Click to comment

Trending