Headline

एफए कपबाट बाहिरिएपछि क्लोपले झोक्किदै भनेः ‘हाम्रो चिन्ता नगर्नुहोला’

Published

on

लिभरपुल व्यवस्थापाक योर्गन क्लोपको टोलीले पछिल्लो सात खेलमा मात्र एकमा जित हात पारेको छ । इङ्गलिस प्रिमियर लिगमा शिर्ष स्थानमा पकड जमाएको लिभरपुल अहिले चौथोमा झरिसकेको छ भने उ आफ्नो कट्टर प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेडभन्दा ६ अंकले पछाडी छ ।

युनाइटेडसँग सोमबार ब्यहोरेको हार लिभरपुलको टोलीका लागि महँगो साबित भयो, कारण थियो क्लोपको टोलीको एफए कपबाट बहिर्गमन ।

२०१९ को च्याम्पियन्स लिग बिजेता लिभरपुलले २०२० मा ३० बर्षपछि इङ्गलिस प्रिमियर लिगको उपाधि उचालेको थियो । त्यो पनि निकै रवाफिलो शैलिमा । लिभरपुलले उपाधि जित्दा उ दोश्रो स्थानको म्यानचेस्टर सिटीभन्दा १८ अंक र तेश्रोमा सक्काएको युनाइटेडभन्दा ३३ अंकले अघि थियो ।

तर लिभरपुलले लिगमा पछिल्लो पाँच खेल जित्न सकेको छैन भने एक मात्र जित एफए कपमै अनुभवहीन एस्टन भिल्लाबिरुद्ध नै रहेको थियो । एक च्याम्पियन टोली शिर्ष स्थानमा पकड जमाउदा जमाउदै खस्कदै जानु क्लोपमाथि प्रश्न माथि प्रश्न आउनु सामान्य नै हो ।

प्रिमियल लिगको यो सिजनले आधी यात्रा मात्र तय गरेको छ र बिश्वकै सबैभन्दा अनपेक्षित र प्रतिस्पर्धात्मक मानिएको इङ्गलिस फुटबलमा अन्तिम दिनसम्म पनि केही भन्न नसकिने स्थिति रहन्छ, व्यवस्थापकलाई गाह्रो हुनु स्वभाविक पनि हो ।

प्रमुख खेलाडी घाइते भएपनि लिभरपुलको लगातारको हार क्लोपका लागि सह्य थिएन र शायद त्यसैले उनी केही हतोत्साहित देखिए । “यो हामीले चाहेको नतिजा थिएन त्यसैले मलाई अलि फ्रस्ट्रेसन भने भएको छ । हामी आफ्नो उत्कृष्ट लयमा थिएनौं तर सही दिशामा भने गइरहेका छौं । तपाईहरुले हाम्रो लागि चिन्ता लिनु पर्दैन, हामी टिमको रुपमा एक साथ छौं,” क्लोपले भने ।

ओल्ड ट्राफोर्डमा मोहम्मद सलाहले लिभरपुल टोलीकै लागि तेश्रो खेलमा आएर पहिलो गरेपछि घरेलु टोली पछि परेको थियो । तर मेसन ग्रिनउड र मार्कस रासफोर्डले गोल गर्दा युनाइटेडको पाचौं चरणको यात्रा सहज बनेको थियो ।

सिजनमा निकै खराब शुरुवात गरेको युनाइटेडले च्याम्पियन्स लिगको समुह चरणबाटै बाहिरिए यता आफ्नो पछिल्लो १३ खेलमा मात्र एक मा हार व्यहोरेको छ । उसलाई शहरी प्रतिद्वन्दी सिटीले लिग कपको सेमिफाइनलमा २–० ले हराएको थियो ।

Click to comment

Trending