Headline

पन्जाबको गोलरहित बराबरी, किरणको अर्को क्लिनशिट

Published

on

कोलकतामा जारी हिरो आइ लिग अन्तर्गत आइतबार  भएको खेलमा नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङको क्लब राउन्ड ग्लास पन्जाबले लिगमा चौँथो खेलमा मोहम्मदन स्पोर्टिङ विरुद्ध गोलरहित बराबरी खेलेको छ ।

पन्जाबले कल्याणि रंगशालामा भएको खेलमा कोलकताको प्रख्यात क्लब मोहम्मदनसँग गोलरहित बराबरी खेल्दा  किरणले भने धेरै बचाउ गर्नु परेको थिएन ।

खेल अवधि भर पन्जाबका लागि किरणले ४ प्रहार मात्र बचाउ  गरेका थिए । किरणले पहिलो हाफको १६ र २६ औँ मिनेटमा मोहम्मदनका सेख फयाजले गरेको प्रहर आरामले बचाएका थिए। पहिलो हाफमा मोहम्मदनको पोस्टमा लगतार अट्याक गरेको पन्जाबले गोल भने गर्न सकेन ।  पहिलो हाफ गोलरहित बराबरी खेलेका कारण किरणलाई मोहम्मदनले व्यस्त राख्न सकेको थिएन ।

दोस्रो हाफमा पनि दुई टोलीले राम्रो मुभ बनाउन सकेनन् । पन्जाबका लागि दोस्रो हाफमा मैदान प्रवेश गरेका भुटानी फर्वार्ड चेन्चो ग्याल्सियनले ७६ औँ मिनेटमा बनाएको मुभमा जोसेवा बेटिया चुक्न पुगे पछि गोल गर्ने मौका गुमाएको थियो । यस्तै मोहम्मदनले भने दोस्रो हाफमा पन्जाबको पोस्टमा सोचे जस्तो आक्रमण गर्न नसक्दा गोलरहित बराबरीमा चित्त बुझाउनु पर्यो।

लगतार दुई खेल हारेको पन्जाबको यो सिजन पहिलो बराबरी हो । चार खेलमा चार अंक रहेको पन्जाबले लिगमा राम्रो शुरुवात गर्न सकेको छैन ।

Click to comment

Trending