Headline

प्रतियोगिताकै रोमाञ्चक खेल बराबरीमा टुंगिदा बागमती सेमिफाइनलमा

Published

on

बागमती प्रदेश प्रधानमन्त्रीको कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा समुह बिजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको निकै नै रोमाञ्चक खेल बराबरीमा टुङ्गिएपछि बागमती ७ अंकसहित समुह बिजेतको रुपमा अन्तिम चारमा प्रवेश गर्यो ।

मुलपानी क्रिकेट मैदानमा १८ बल बाकी रहेको अवस्थामा बागमतीले दुई विकेट लिएपछि लुम्बिनी प्रतियोगिताबाट लगभग बाहिरिन पुग्यो । उ ४८ ओभरमा २ सय २० रनमै अल आउट भएको थियो । सेमिफाइनल प्रवेशका लागि लुम्बिनीले लक्ष्य ४० दशमलव ३ ओभरमै भेट्टाउनु पर्ने थियो र एक समय यो सम्भाव पनि थियो । तर राम्रो गतिमा रन बटुलेका कृष्ण कार्की आउट भएसँगै लुम्बिनीले खेलबाट आफ्नो नियन्त्रण फुस्काएको थियो ।

लुम्बिनीको हारले नेपाल पुलिस क्लबको भाग्योदय हुन लगभग निश्चित छ । प्रतियोगिताकै कमजोर मध्ये एक टोलीको रुपमा देखिएको प्रदेश २ बिरुद्ध पुलिसले अब सामान्य जित हात पारे नै सेमिफाइनलको यात्रा तय गर्ने छ । सोमबार लुम्बिनीले जित हात पारेको खण्डमा पुलिसले मङ्गलवार प्रदेश २ लाई राम्रै रनरेटले पराजित गर्नु पर्ने हुन्थ्यो ।

मुलपानीमा शुरुवाती समिकरण ध्यानमा राख्दै ओपनद्वय देव खनाल र सन्दिप सुनारले लुम्बिनीलाई निकै छरितो शुरुवात दिएका थिए । उनीहरुको पहिलो विकेटका लागि ६ ओभरमै ६० रन जोडेका थिए । तर बिपिन आचार्यले आफ्नो पहिलो ओभरमै देव (२६) र सुनार (२५) को विकेट लिदै रनगतिमा ब्रेक लगाएका थिए ।

अर्का ब्याट्स्म्यान सन्दिप रजाली (११) लाई पनि सस्तैमा गुमाएपछि सौरभ खनाल र प्रकाश केसीले लुम्बिनीलाई सम्हाले । उनीहरुले चौथो विकेटका लागि ७३ रनको साझेदारी गरे । तर सौरभले रनलाई गति दिने क्रममा ठूलो शट खेल्दै आउट भएपछि लुम्बिनी खेलमा पछि परेको थियो ।

चाहिए अनुरुप नै लक्ष्य पछ्याउन नसकेपछि लुम्बिनी सावधानी पुर्वक जितका लागि मात्रै गएको थियो । कृष्णले उत्कृष्ट इनिङ्गस खेल्दै लुम्बिनीलाई कृष्णले ४४ बलमा तीन चौका र दूई छक्काको सहयोगमा ४१ रन बनाउदै टिमलाई जितबाट मात्र चार रन पर पुर्याएका थिए । तर उनको विकेट गएसँगै लुम्बिनीले अन्तिम तीन विकेट चार रनमै गुमाउन पुगेको थियो ।

प्रकाशले पनि ७२ बलमा पाँच चौका प्रहार गर्दै ४१ रन बनाए भने सौरभले आफ्नो आक्रमक स्टाइल बिपरित जादै ७७ बलको धैर्यतापुर्वक इनिङ्गसमा तीन चौका र एक छक्काको मद्दतमा ३४ रन बनाए ।

यसअघि आदिल खान र इशान पाण्डेले अद्र्धशतक बनाएपछि बागमतीले टस जिति पहिलो ब्याटिङ्ग गर्दै ५० ओभरमा ९ विकेट गुमाउदै २ सय २० रन बनायो ।

सावधानीपुर्वक शुरुवात गर्दा आदिल र आकाश थापाले पहिलो विकेटका लागि २० ओभरभित्र ६३ रनको साझेदारी गरेका थिए । दिपेन्द्र रावतले एकै ओभरमा आकाश र नयाँ ब्याट्स्म्यान बिभत्सु थापा (डक) लाई पेभिलियन फर्काउदै बागमतीलाई झड्का दिएका थिए ।

आकाशले ६७ बलमा चार चौका र एक छक्काको मद्दतमा ३९ रन बनाए । त्यसपछि आदिलले फर्ममा रहेका ब्याट्स्म्यान पृथु बास्कोटासँग ६५ रनको साझेदारी गर्दै बागमतीलाई सम्हालेका थिए । पृथुले ३८ बलमा २९ रन जोड्दा तीन चौका र एक छक्का प्रहार गरे ।

प्रनित थापा मगरबाट स्क्वायर लेगमा र सौरभ खनालको हातबाट लँग अनमा ड्रप भएपछि जिवनदान पाएका आदिलले ८७ बलमा पाँच चौका र तीन छक्को मद्दतमा ५५ रन बनाए । आदिल आउट भएपछि इशानले बागमतीको इनिङ्गस सम्हाले ।

४९ औं ओभरमा अद्र्धशतक पुरा गरेका इशानले ५३ बलमा ५१ रन जोडे । उनले चार चौका र दुई छक्का हिर्काएका थिए । रावतले ९ ओभरमा तीन विकेट लिदा ४० रन दिए । कृष्ण र सन्दिपले पनि दुई–दुई विकेट लिएका थिए ।

Click to comment

Trending