Headline

युएफसीको पुनरागमन फाइटमा म्याकग्रेगर नकआउट

Published

on

बिवादास्पद आईरिस फाइटर कोनर म्याकग्रेगरले अक्टागनमा गरेको पुनरागमनमा डस्टिन पउरियरबाट नकआउट भेटेका छन् ।

शनिबार राति अबु धाबीको फाइट आइल्याण्डमा भएको युएफसी २५७ अन्तर्गतको खेलको दोश्रो चरणको २ मिनेट ३२ सेकेण्डमा रेफरी हर्ब डिनले खेल रोकेका थिए । त्यो समयसम्म म्याकग्रेगर पउरियरलाई रोक्न पूर्ण रुपमा असफल रहेका थिए ।

म्याकग्रेगरको खुट्टा समातेर उनलाई लातले हान्दै दाया बायाँ बाट दुवै तर्फ लडाएपछि दुई शट प्रहार गर्दै उनलाई निरीह साबित गरेका थिए । पउरियरले म्याकग्रेगरबाट २०१४ मा भेटेको नकआउटको नि मिठो बदला लिएका हुन् ।

यो फाइटको बारे हाइप बढ्दै गर्दा पउरियर आफू २०१४ कै पउरियर नरहेको बताउदै आएका थिए । म्याकग्रेगरलाई नक आउद हान्दै उनले यो साबित पनि गरिदिएका छन् ।

यो जितपछि पउरियरले अब लाइटवेट वेट क्याटेगरीको उपाधिका लागि कि त रुसी फाइटर खबिब नुर्मागोमेदोभ अथवा अन्य कुनै उच्च प्रतिद्वन्दीबिरुद्ध खेल्न सक्नेछन् । खबिबले केही महिनाअघि आफ्नो बुवाको मृत्युपछि अक्टागनबाट आफूले सन्यास लिइसकेको बताएका कारण पउरियरलाई अब उनको पुनरागमनको अपेक्षा रहनेछ ।

म्याकग्रेगर शनिबार अक्टागनमा फर्कदा उनी तेश्रो पटक सन्यासबाट बाहिर आएका हुन् । फाइटको पुर्व सहमति अनुसार म्याकग्रेगरको पावर स्ट्रोकहरुलाई छल्दै पउरियरले बाउटलाई लामो बनाउनु पर्ने थियो । पहिलो राउण्डमा म्याकग्रेगरले केही राम्रो प्रदर्शन गर्दा पउरियर सहमति अनुरुप नै डिफेन्सिभ खेल खेल्दै शान्त रहेका थिए ।

दोश्रो राउण्डमा भने पउरियर पूर्ण रुपमा हावी हुदै पिँडुलाले प्रहार गर्दै म्याकग्रेगरलाई नकआउट गर्न सफल भएका थिए । हारका बावजुद म्याकग्रेगरले आफू २०२१ भ्रि नै अक्टागनमा सकृय रहने बताएका छन् । “म सकृय रहन चाहन्छु । यो बिजनेसमा निस्किृय रहेर कुनै फाइदा हुदैन । त्यसैले मैले खेल्न आवश्यक छ,” म्याकग्रेगरले भने ।

Click to comment

Trending