Headline

आदिल र इशानको अद्र्धशतकमा बागमतीको राम्रो योगफल

Published

on

आदिल खान र इशान पाण्डेले अद्र्धशतक बनाएपछि बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा २ सय २१ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा दुवै टोलीले जित्नै पर्ने खेलमा बागमतीले टस जिति पहिलो ब्याटिङ्ग गर्दै ५० ओभरमा ९ विकेट गुमाउदै २ सय २० रन बनायो । खेलमा बागमती सांघुरो हारले पनि सेमिफाइनल प्रवेश गर्नेछ भने लुम्बिनीले सके सम्म कम ओभरमा जित हात पार्नु पर्नेछ ।

यो समुहबाट सेमिफाइनल समिकरणमा नेपाल पुलिस क्लबको पनि सम्भावना प्रबल रहेको छ । बागमतीको ६ अंक रहेको छ भने पुलिस र लुम्बिनीको चार–चार अंक छ ।

मुलपानीमा सावधानीपुर्वक शुरुवात गर्दा आदिल र आकाश थापाले पहिलो विकेटका लागि २० ओभरभित्र ६३ रनको साझेदारी गरेका थिए । दिपेन्द्र रावतले एकै ओभरमा आकाश र नयाँ ब्याट्स्म्यान बिभत्सु थापा (डक) लाई पेभिलियन फर्काउदै बागमतीलाई झड्का दिएका थिए ।

आकाशले ६७ बलमा चार चौका र एक छक्काको मद्दतमा ३९ रन बनाए । त्यसपछि आदिलले फर्ममा रहेका ब्याट्स्म्यान पृथु बास्कोटासँग ६५ रनको साझेदारी गर्दै बागमतीलाई सम्हालेका थिए । पृथुले ३८ बलमा २९ रन जोड्दा तीन चौका र एक छक्का प्रहार गरे ।

प्रनित थापा मगरबाट स्क्वायर लेगमा र सौरभ खनालको हातबाट लँग अनमा ड्रप भएपछि जिवनदान पाएका आदिलले ८७ बलमा पाँच चौका र तीन छक्को मद्दतमा ५५ रन बनाए । आदिल आउट भएपछि इशानले बागमतीको इनिङ्गस सम्हाले ।

४९ औं ओभरमा अद्र्धशतक पुरा गरेका इशानले ५३ बलमा ५१ रन जोडे । उनले चार चौका र दुई छक्का हिर्काएका थिए । रावतले ९ ओभरमा तीन विकेट लिदा ४० रन दिए । कृष्ण कार्की र सन्दिप सुनारले पनि दुई–दुई विकेट लिएका थिए ।

Click to comment

Trending