Headline

म्यानचेस्टर सिटीको जोगियो लाज

Published

on

एफए कपको ताजा इतिहासकै सबैभन्दा स्तब्धपूर्ण नतिजा निकाल्ने नजिक रहेको चेल्टेनह्याम टाउनमाथि पुनरागमन जित निकाल्दै म्यानचेस्टर सिटी पाचौं चरणमा प्रवेश गरेको छ ।

अवे खेलमा इङ्गल्याण्डको तेश्रो श्रेणीको फुटबल लिग टुको पनि सातौं स्थानमा रहेको चेल्टेनह्यामबिरुद्ध सिटी पहिलो हाफमा गोलरहि बराबरीमा रोकियो । दोश्रो हाफ शुरु भएको १४ मिनेटपछि नै एल्फि मेले गोल गर्दा प्रिमियर लिगको दोश्रो स्थानमा रहेको सिटी स्तब्ध भएको थियो ।

प्रिमियर लिगमा एस्टन भिल्लालाई पराजित गरेको टोलीबाट १० परिवर्तन गर्दै चेल्टेनह्यामलाई कम आँकेको सिटीका लागि फिल फोडेनले बराबरीको गोल गर्नुका साथै उत्कृष्ट प्रदर्शन गरेपछि पेप ग्वार्डियोलाको टोलीको इज्जत धानिएको थियो ।

जाओ क्यान्सेलोको लामो क्रसमा फोडेनले ८१ औं मिनेटमा सिटीलाई खेलमा फर्काएका थिए । तीन मिनेटपछि नै फर्नान्डिन्होको पासमा ग्याब्रियल जिजसले सिटीलाई अगता दिलाए । खेलको अन्तिम किकमा फेरान टोरेसले गोल गर्दै चेल्टेनह्यामलाई ऐतिहासिक जितबाट रोकेका थिए ।

शनिबार नै भएका अन्य प्रिमियर लिग टोलीहरुको खेलमा वेष्ट ह्यामले डंकास्टरलाई ४–० ले हरायो भने सेफिल्ड युनाइटेडले प्लाइमाउथलाई २–१ ले पराजित गर्यो । यस्तै ब्राइटनले ब्ल्याकपुललाई २–१ ल्े पाखा लगायो । शनिबारको पहिलो खेलमा डिफेन्डिङ्ग च्याम्पियन आर्सनल साउथ्याम्प्टनसँग हार्दै बाहिरिएको थियो ।

Click to comment

Trending