Headline

घरेलु मैदानमै एसि मिलान एट्लान्टासँग स्तब्ध

Published

on

घरेलु मैदानमै एट्लान्टासँग ३–० को लज्जास्पद हार ब्यहोरेपछि एसि मिलानको इटालियन सिरी आ को अग्रता दुई अंकमा झरेको छ ।

उपाधिको अर्को दाबेदार तथा शहरी प्रतिद्वन्दी इन्टर मिलान पनि युडिनेजीसँग गोलरहित बराबरीमा रोक्किएपछि मिलानले शिर्ष स्थानको अग्रता भने कायम राखेको हो । समान १९ खेलपछि एसि मिलानको ४३ र इन्टरको ४१ अंक रहेको छ ।

शनिबार नै स्पेजियाबिरुद्ध ४–३ को सनसनीपूर्ण जित निकालेको एएस रोमा ३७ अंकसाथ तेश्रो स्थानमा रहेको छ । महत्वपूर्ण जितपछि एट्लान्टा ३६ स्थानसहित चौथो स्थानमा उक्लिएको छ । यद्दपि दुई खेल कम खेलेका नापोलीको ३४ र युभेन्टसको ३३ अंक छ ।

२०११ मा आफूले पछिल्लो पटक सिरी आ उपाधि जितेयता मिलान पहिलो पटक आधा सिजनको समाप्तिमा शिर्ष स्थानमै रहेको हो । तर १९ औं खेलमा आइपुग्दा दोश्रो हार ब्यहोरेको मिलानले सान सिरोमा गरेको निकै कमजोर प्रदर्शन अबका खेलहरुमा स्टेफन पियोलीको लागि टाउको दुखाईको बिषय बन्न सक्छ ।

खेलको २६ औं मिनेटमै मिलान पछि परेको थियो । रोबिन गोजेन्सको पासमा क्रिष्चियन रोमेरोले हेडरमार्फत गोल गर्दै एट्लान्टालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेको मिलानले दोश्रो हाफको ८ मिनेटमपछि नै पेनाल्टी दिएको थियो ।

फ्रांक केसीले कुहिनाले मुखमा प्रहार गरेपछि पाएको पेनाल्टीमा जोसिप इलिचिच आफैले गोल गरेका थिए । मारियो मान्जुकिज अन्तिम २० मिनेटमा मैदान उत्रदै मिलानको लागि उत्रिएपनि उनले खासै प्रभाव जमाउन सकेनन् । ७७ औं मिनेटमा उल्टै एट्लान्टाले तेश्रो गोल गर्दै मिलानको हातबाट तीन अंक खोसिदियो ।

यसपटक रोमेरोको पासमा डुभान जपाटाले गोल गर्दै मिलानलाई स्तब्ध पारे । यो सिजन डिफेन्डिङ्ग च्याम्पिनय युभेन्टसको हातबाट पहिलो हारको स्वाद चाखेको मिलानले पहिलो पटक गोल गर्न चुकेको हो ।

एट्लान्टा प्रशिक्षक जियान पिएरो ग्यास्परिनी आफ्नो टोलीको जितदेखि निकै खुशी देखिन्थे । “हामी आजको खेलमा हरेक पक्षमा सुपेरियर थियौं । सान सिरोमा आएर यो स्तरको प्रदर्शन देखाउन हाम्रो लागि निकै सन्तुष्टिको कुरा हो । यो हाम्रो पछिल्ला बर्षहरुकै उत्कृष्ट प्रदर्शन मध्ये पर्छ,” उनले भने ।

Click to comment

Trending