Headline

अच्युत र करिशा क्रस डुवाथ्लन सिरिज दोश्रो संस्करणमा बिजयी

Published

on

अच्युत कृष्ण खरेल र करिशा महर्जन नेपाल ट्रायाथ्लन संघ र जम्प नेशनको संयुक्त आयोजनमा भएको क्रस डुवाथ्लन सिरिजको दोश्रो संस्करणमा बिजयी भएका छन् ।

ऐतिहासिक सहर किर्तिपुरको जाखामा भएको च्याम्पियनसिपमा ३७ मिनट २७ सेकेन्डका साथ खरेलले प्रथम स्थान हात पारे । उनले जिम्बु थकालीको तर्फबाट प्रदान गरिएको २ हजार बराबरको भौचर र प्याङ्क बाईकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ्ग भौचर प्राप्त गरे ।

च्याम्पियनसिपको महिलामा एक मात्र प्रतिस्पर्धी करिशाले १ घण्टा ८ मिनट ३० सेकेन्डका साथ बिजय हात पारिन् । उनले काठमाण्डौ गेष्ट हाउसको तर्फबाट २ हजार बराबरको भौचर र प्याङ्क बाईकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ्ग प्राप्त गरिन् ।

यस्तै पुरुष तर्फ ४५ मिनट १२ सेकेन्डका साथ आर्यन राई दोश्रो र ४५ मिनट २१ सेकेन्डका साथ सुशिम चित्रकार तेश्रो भए । २.५ किलोमिटर दौड, १० किलोमिटर साईक्लिङ्ग र १.३ किलिोमिटर दौडको क्रस डुवाथ्लनको प्रत्येक दुई हप्तामा सिरिज हुनेछ ।

तेश्रो संस्करण ललितपुरको चापागाउँमा आयोजना हुने छ । यसैगरि चौथो संस्करण टोखा, पाँचौ किर्तिपुरमा हुनेछ । तीन महिना सम्म प्रत्येक दोश्रो हप्ता आयोजना हुने सिरिजको अन्तिम प्रतियोगिता उपत्यका बाहिर आयोजना हुनेछ ।

Click to comment

Trending