Headline

डिफेन्डिङ्ग च्याम्पियन आर्सनल एफए कपबाट बाहिरियो

Published

on

साउथ्याम्प्टनले डिफेन्डिङ्ग च्याम्पियन आर्सनललाई एफए कपको चौथो चरणबाट नै नक आउट गरेको छ । शनिबार भएको खेलमा आर्सनल बलियो देखिएको साउथ्याम्प्टनसँग १–० ले पराजित भयो ।

साउथ्याम्प्टनले निकै आक्रमक खेल पस्कदै दवाब बनाइरहदा २४ औं मिनेटमा कायल वाकर–पिटर्सको क्रसलाई ग्याब्रियलले आफ्नै पोस्टको दिशा दिदा आर्सनल पछि परेको थियो । मैदानमा बिताएको ५ सय ८ मिनेटपछि पहिलो गोल खाएको आर्सनलको यो सात खेलमा पहिलो पराजय हो ।

साउथ्याम्प्टनले अब अर्को चरणमा अर्को प्रिमियर लिग टोली उल्भ्सको सामना गर्नेछ । लिगमा यो सिजन निकै कमजोर गर्दै आइरहेको उल्भ्स यसअघि एफए कपकै अर्को खेलमा नन–लिग टोली कोर्लीसँग १–० को मात्रै जित निकालेको हुँदा १९७६ को बिजेता साउथ्याम्प्टन लामै यात्रा तय गर्ने दाउमा हुनेछ ।

साउथ्याम्प्टनका लागि चे एडम्स पनि गोल गर्न बाट निकै नजिक थिए तर उनको लो ड्राइभले बन्र्ड लेनोले उत्कृष्ट ढँगले बचाएका थिए । यस्तै जेम्स वार्ड प्राउजको कर्नर पनि बारमा लागेर फर्किएको थियो ।

प्रमुख स्ट्राइकर तथा कप्तान पिएरे एमेरिक औबामेयाङ र मिडफिल्डर एमिल स्मिथ रोवीको अनुपस्थितिमा रहेको आर्सनलका लागि अर्का इन–फर्म खेलाडी बुकायो साका पनि दोश्रो हाफमा मात्रै मैदान उत्रिएका थिए ।

पहिलो हाफमा खासै प्रभाव जमाउन नसकेको मिकेल आर्टेटाले दोश्रो हाफमा केही गति समाएको थियो । तर एडी एनकेटाको डिफ्लेक्टेड शट गोलकिपर फ्रेजर फोस्टरले बचाउदाको क्षण मात्रै आर्सनलको लागि खेलको एक मात्र हाइलाइट रहेको थियो ।

Click to comment

Trending