Headline

एपिएफ, आर्मी प्रधानमन्त्री कपको सेमिफाइनलमा

Published

on

नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा लगातार तीन खेल जित्ने क्रममा एपिएफले कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्यो ।

एपिएफको जितपछि त्रिभुवन आर्मी क्लब पनि सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफ र आर्मीबीच हुने समुहको चरणको अन्तिम खेलले समुह बिजेतको निर्धारण गर्नेछ । आर्मी राम्रो रनरेटका आधारमा अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।

धराशायी हुने अवस्थामा पुगेको एपिएफलाई मिडल अर्डर र लोवर अर्डरका ब्याट्स्म्यानहरुले ४९ दशमलव ५ ओभरमा २ सय १८ रनको चुनौतिपूर्ण योगफलसम्म डोर्याएका थिए । जवाफमा कर्णाली ४३ दशमलव २ ओभरमा १ सय ४७ रनमै समेटिएको थियो ।

५४ रनमा तीन विकेट गुमाएको कर्णालीका लागि हेमन्त ओली र हिमांशु शाही (२०) ले ५६ रनको साझेदारी गरेका थिए । तर निकै कसिलो बलिङ्ग गरेको एपिएफबिरुद्ध कर्णाली कुनै पनि समय खुलेर खेल्न सकेको थिएन । हेमन्तले १ सय २ बल खेल्दै ५८ रन बनाएका थिए ।

एफिएफका लागि बसन्त रेग्मीले कसिलो बलिङ्ग गर्दै १० ओभरमा २३ खर्चदै तीन विकेट लिएका थिए । किशोर महतोले पनि ८ दशमलव २ ओभरमा ३१ रन खर्चदै तीन विकेट लिएका थिए ।

६७ रनमै पाँच विकेट गुमाएको एपिएफलाई सन्दिप जोरा र अमर सिँह रौटेलाले ७८ रनको साझेदारी गर्दै राम्रो योगफलतर्फ धकेलेका थिए । अमरले ५४ बलको सामना गर्दै चार चौका र एक छक्काको मद्दतमा ३१ रन बनाए । जोराले ७६ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै ६० रन बनाए । भुवन कार्की (१५), किशोर महतो (१३) ले पनि एपिएफलाई २ सय रन कटाएका थिए ।

टप अर्डरमा ओपनर सुभाष खकुरेलले ४० बलमा चार चौकाको मद्दतमा २३ रन बनाए । कर्णालीका लागि अनुज चुनारा र रविन्द्र शाहीले ३–३ । त्यस्तै दिवान पुन र राज शाहले पनि दुई–दुई विकट लिएका थिए ।

Click to comment

Trending