Headline

नेपालकै सबैभन्दा लामो प्रतियोगिताको रुपमा नाइन्टि सिक्स ट्रफि

Published

on

पुर्वको नाइन सिक्स इभेन्ट्स प्राइभेट लिमिटेडले नेपाली क्रिकेटकै सबैभन्दा लामो प्रतियोगिता गर्ने भएको छ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको पहिलो बर्षको नाममा गरिने नाइन्टि सिक्स ट्रफि दुई दिने क्रिकेट अवधारणामा सातै प्रदेशमा खेलाइने छ ।

“यो प्रतियोगिता भन्दा पनि सिजन हो जहाँ १ सय २२ दिनसम्म नेपालमा क्लब क्रिकेट सञ्चालन हुनेछ भने प्रत्येक सिजनमा सात प्रतियोगिताहरु हुनेछन् । प्रतियोगिताका खेलाडीहरुले दुई दिने क्रिकेटको आनन्द उठाउने छन् भने सेतो जर्सी र रातो बलमा खेल्नेछन्,” कम्पनीका अध्यक्ष अमित पोखरेलले भने ।

प्रदेश ५ र प्रदेश ६ को एकै प्रादेशिक क्रिकेट बोर्ड रहेका कारण दुवै प्रदेशमा संयुक्त प्रतियोगिता सञ्चालन गरिनेछ । प्रत्येक प्रदेशको बिजेताले राष्ट्रिय स्तरको फाइनल खेल्नेछन् । प्रत्येक प्रदेशले आठ क्लब वा एकेडेमीलाई सहभागि गराउन सक्नेछन् ।

“यसरी खेलाउदा हामीले पहिलो सिजनमा कम्तिमा ४८ टोलीहरुलाई खेलाउन सक्नेछौं र आशा छ टिमहरुको संख्या आगामी बर्षहरुमा थपिदै जानेछन्,” कम्पनीका प्रबन्ध निर्देशक रोशन धितालले भने । हरेक सिजन फागुन महिनामा शुरु हुने र पहिलो संस्करण माघ २०७८ मा सम्पन्न हुने पनि कम्पनीले जनाएको छ ।

प्रतियोगिताको बिजेता टोलीलाई साढे दुई लाख प्राप्त गर्नेछन् । म्यान अफ द सिरिजले २५ हजार पाउने छन् भने उत्कृष्ट बलर र ब्याट्स्म्यानले १० हजार प्राप्त गर्नेछन् ।

पहिलो संस्करणको पहिलो सिजन फागुन १२ देखि प्रदेश १ मा शुरु हुनेछ । प्रदेश १ को प्रतियोगिताका लागि धेरै ८ क्लब वा एकेडेमीलाई सहभागि गराइने, आयोजकले जानकारी दिएका छन् । पहिलो सिजनका खेलहरु झापा र मोरङ्गमा हुनेछ ।

मोरङमा हुने फाइनल फागुन २२ र २३ गते खेलाइनेछ । प्रदेश २ को सिजनका बारे बिस्तृत जानकारी पहिलो सिजनको समाप्तिपछि दिइनेछ ।

Click to comment

Trending