Headline

जोरा र अमरले सम्हालेपछि एपिएफको कर्णालीलाई चुनौतिपूर्ण लक्ष्य

Published

on

नेपाल एएफिएफ क्लबले कर्णाली प्रदेशलाई आफ्नो तेश्रो खेलमा जितका लागि २ सय १९ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा धराशायी हुने अवस्थामा परेको एएफिएफले ब्याटिङ्गमा पुनरागमन गर्दै ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउदै २ सय १८ रन बनायो । ६७ रनमै पाँच विकेट गुमाएको एपिएफलाई सन्दिप जोरा र अमर सिँह रौटेलाले ७८ रनको साझेदारी गर्दै राम्रो योगफलतर्फ धकेलेका थिए ।

अमरले ५४ बलको सामना गर्दै चार चौका र एक छक्काको मद्दतमा ३१ रन बनाए । जोराले ७६ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै ६० रन बनाए । भुवन कार्की (१५), किशोर महतो (१३) ले पनि एपिएफलाई २ सय रन कटाएका थिए ।

टप अर्डरमा ओपनर सुभाष खकुरेलले ४० बलमा चार चौकाको मद्दतमा २३ रन बनाए । कर्णालीका लागि अनुज चुनारा र रविन्द्र शाहीले ३–३ । त्यस्तै दिवान पुन र राज शाहले पनि दुई–दुई विकट लिएका थिए । एपिएफ यो जितपछि सेमिफाइनल प्रवेश गर्नेछ भने कर्णाली लगभग बाहिरिसकेको छ ।

अंक तालिकाको शिर्ष स्थानमा रहेको आर्मीका ६ र एपिएफको चार अंक रहेको छ । कर्णाली, प्रदेश १ र गण्डकीको एक–एक जित मात्र रहेको छ ।

Click to comment

Trending