Headline

डि ब्रुन एक महिना मैदान बहिर

Published

on

म्यानचेस्टर सिटीका मिड्फिल्डर केवेन डि ब्रुन चार देखी छ हप्ता मैदान बहिर रहने सिटीका प्रशिक्षक पेप गोर्डियोलाले बताएका छन् ।

बेल्जियनका प्लेमेकर वुधबार भएको एस्टन भिल्ला विरुद्धको २-० को जितमा घाइते हुँदै दोस्रो हाफको ५९ औँ मिनेटमै मैदान छोड्न वाध्य भएका थिए । सिटीले उनको अनुपास्थिती अब आईतबारबाट सुरु हुने एफए कपको तेस्रो चरण सेल्टेनह्याम विरुद्धको खेल देखी सुरु गर्ने छ ।

डि ब्रुन कम्तीमा पनि एक महिना भने मैदान बहिरै रहने र चौथोँ हप्ता देखी अभ्यास गर्न तयार हुने सिटीको मेडिकल टोलीले जनाएको छ । डि ब्रुनले यो समयमा कम्तीमा पनि १० खेल गुमाउने छन् । उनले प्रिमियर लिग सहित च्याम्पियन्स लिगमा बोरुसिया मोन्चेनग्याल्ड्ब्याचसँगको फेब्रुअरी २४ मा हुने पहिलो खेल पनि गुमाउने छन् ।

“डक्टरहरुले केवेनको चोट हेरे पछि थोरैमा चार र धेरैमा छ हप्ता मैदान बहिर बस्न सुझाव दिएका छन् । यो हाम्रो लागि निकै खराब समाचार हो तर पनि हामी अघी बढ्नु पर्छ,” गोर्डियोलाले पोस्ट म्याच कन्फ्रेन्समा जानकारी दिएका थिए ।

गोर्डियोलाले डि ब्रुनले बोकेको चोटका कारण सिटीलाई केही फरक नपर्ने र आफ्नो खेलाडीहरु कोही भन्दा कोही कम नभएको पनि बताएका थिए ।

 

 

Click to comment

Trending