Headline

एमबाप्पे पिएसजीमै बस्ने बिषयमा अझै अनिर्णित

Published

on

पेरिस सेन्ट जर्माइनका फ्रेञ्च स्टार किलियन एमबाप्पेले आफ्नो क्लबसँग नयाँ सम्झौता लिने नलिने बिषयमा अझै पनि सोचिरहेको बताएका छन् ।

एमबाप्पेको पिएसजीसँगको सम्झौता अर्को सिजनको अन्त्यसँगै समाप्त हुनेछ । “म क्लबसँग एउटा सुहाउदो प्रोजेक्टको लागि अझै पनि छलफलमै छु । मैले यसबारे सोचिरहेको बताएको छु र यदि मैले नयाँ सम्झौता लिने हो भने पेरिस सेन्ट जर्माइन सँग लामै समयको लागि हुनेछ,” शुक्रबार पिएसजीको मोन्टपेलियरबिरुद्ध ४–० को जित हात पारेपछि एमबाप्पेले भने ।

“म यहाँ धेरै खुशी छु र सधै नै खुशी रहदै आएको छु । समर्थकहरु र क्लबले मलाई जसरी सहयोग गरेका छन् त्यसप्रति म सधै आभारी रहनेछु । तर म आउँदा बर्षहरुमा के गर्न चाहन्छु भन्ने कुरा पनि प्रमुख हो । म कहाँ रहन चाहन्छु भन्ने कुरामै बढी केन्द्रित छु,” उनले भने ।

डिसेम्बरमा २२ बर्ष पुगेका एमबाप्पे २०१७ मा भएको ब्लकबस्टर सम्झौतामा मोनाकोबाट २ सय १९ डलरमा पिएसजी भित्रिएका थिए । उनी पिएसजीमै बस्न चाहन्छन् तर लामो समयदेखि स्पेनिस महारथी रियल म्याड्रिडले उनलाई पछ्याउदै आएको छ ।

गत महिना पिएसजीका कतारी अध्यक्ष नासि एल–खेलाफीले एमबाप्पे र २०२२ मै सम्झौता समाप्त हुन गइरहेका ब्राजिलियन स्टार नेमार पनि क्लबमै बस्नेमा आफू बिश्वस्त रहेको बताएका थिए ।

“मैले चाडै निर्णय गर्नु पर्नेछ तर पनि म अझै सोचिरहेकै छु । मसँग यसको जवाफ आज भएको भए मैले भन्ने थिए । यो समय लिन चाहिरहेको परिस्थिति होइन । मैले आज सम्झौता गर्ने र अर्को बर्ष क्लब छोड्ने राम्रो हुदैन । म बसे भने लामै समयका लागि बस्नु पर्नेछ,” मोन्टपेलियरबिरुद्ध दुई गोल गरेका एमबाप्पेले भने ।

Click to comment

Trending