Headline

प्रधानमन्त्री कपमा पृथुले समातेको लय

Published

on

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा छुट्टै लयमा देखिएका पृथु बास्कोटाले अर्को परिपक्व इनिङ्गस खेल्दै बागमती प्रदेशलाई प्रतियोगिताको सेमिफाइनल नजिक डोर्याएका छन् ।

पुनरागमन गरिरहेका पृथुले लगातार दोश्रो अद्र्धशतक बनाउदा बागमती प्रदेश २ लाई ६ विकेटले हराउदै लगातार तेश्रो जित हात पार्न सफल रह्यो । बागमतीको तीन खेलबाट ६ अंक रहेको छ भने दोश्रो स्थानमा रहेको नेपाल पुलिस क्लबको चार र २ खेल मात्रै खेलेको लुम्बिनी प्रदेशको २ अंक छ ।

लुम्बिनीले सुदुर पश्चिम र बागमतीसँग खेल्न बाकी रहेको छ । आइतबार मुलपानी क्रिकेट मैदानमा हुने लुम्बिनी र बागमतीबीचको खेल सेमिफाइनल पुग्ने टोलीको छिनोफानो गर्न सक्नेछ । तर त्यसअघि लुम्बिनीले शनिबार सुदुरलाई पराजित गर्नुपर्नेछ ।

चौथो संस्करणको प्रधानमन्त्री कप पृथुकै लागि बनेको भान भएको छ । नेपाल पुलिस क्लबलाई पहिलो खेलमा ७ विकेटले हराउदा उनले नटआउट ४८ रन बनाएका थिए भने सुदुरपश्चिमबिरुद्धको खेलमा पनि उनले ८४ रन ठोकेका थिए ।

शुक्रबार बिबेक यादवले अद्र्धशतक बनाउदै प्रदेश २ लाई ४८ दशमलव २ ओभरमा १ सय ७९ रनको सम्मानजनक योगफलसम्म डोर्याए । तर राम्रो ब्याटिङ्ग फर्ममा देखिएको बागमतीले ४८ दशमलव २ ओभरमै चार विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो ।

यसमा पृथुको नटआउट अद्र्धशतकको बिशेष महत्व रह्यो । एक समय राष्ट्रिय टिममै स्थापित भइसकेका पृथु कहिले चोटका कारण तर कहिले अन्य कारणले मैदान बाहिर रहदै आएका छन् । उनले पछिल्लो पटक २०१५ आईसिसि वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत स्कटल्याण्डबिरुद्ध राष्ट्रिय टोलाीका लागि खेलेका थिए ।

त्यसपछि नयाँ खेलाडीहरुको आगमनले टिममा प्रतिस्पर्धा निकै तिब्र हुन थालेपछि उनको लागि मात्र नभएर धेरैका लागि टिममा पर्नु नै चुनौति बन्न थालेको छ । तर प्रधानमन्त्री कप पृथुका लागि आफूलाई साबित गर्ने राम्रो प्लाटफर्म हुन पुगेको छ ।

उनले जुन लय र तरिकामा ब्याटिङ्ग गरिरहेका छन्, त्यसले धेरैलाई अचम्ममा पारेको छ । मध्यक्रममा टिमको खम्बा भएर बसेका पृथु बागमतीको तीन वटै जितहरुमा नायक भएका छन् । प्रदेश २ बिरुद्ध जवाफी ब्याटिङ्गमा ७५ रन बनाउदा बागमीले ओपनर आकाश थापा (३२) लाई गुमाएको थियो । त्यसपछि पृथुले बिभत्षु थापासँग ५४ रनको साझेदारी गरे ।

पहिलो खेल खेलेका बिभत्षुले ९३ बलमा तीन चौकाको मद्दतमा ४७ रन बनाए । बिभत्षुको विकेट पतनपछि पृथुले इशान पाण्डे (१५) र कप्तान ज्ञानेन्द्र मल्ल (७ नटआउट) सँग मिलेर बागमतीको तेश्रो जित पक्का गरे ।

चार चौका र एक छक्का प्रहार गरेका पृथुले ७५ बलमा ५३ रन बनाएका थिए । यसअघि पहिलो ब्याटिङ्ग गरेको प्रदेश २ लाई सामान्य योगफलमा समेट्न म्यान अफ द म्याच गौतम केसीले १० ओभरमा २९ रन मात्र खर्चदै चार विकेट लिए । यस्तै रामनरेश गिरीले पनि दुई विकेट लिएका थिए ।

१ सय २२ रनमै आठ विकेट गुमाएको प्रदेश २ को नाक नवौं नम्बरका ब्याट्स्म्यान बिबेक यादवले जोगाएका थिए । यसअघिको खेलमा पनि अद्र्धशतक बनाएका उनले ७४ बलमा तीन छक्का र तीन चौकाको मद्दतमा ६६ रन बनाएका थिए ।

Click to comment

Trending