Headline

महिला लिग: पुलिसको चौदण्डीविरुद्ध ६ गोल

Published

on

महिला लिग अन्तर्गत शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६-० गोलले पराजित गरेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाल पुलिसका लागि रेखा पौडेल र सिर्जना खड्काले दुई गोल गरे भने अमृता जैशी र निर्मला बिकले एक एक गोल गरेका थिए ।

पुलिसका लागि पहिलो गोल २८ औँ मिनेट रेखा पौडेलले गरेकी थिइन । निरु थापाले मैदानको दायाँ भागबाट उपलब्ध गराएको पासमा रेखाले वान टच गोल गरेकी हुन् । खेलको ४० औं मिनेटमा अमृताले गोल गर्दा पुलिसले अग्रता दोब्बर बनायो । अमृताको प्रहार चौदण्डीगढीकी गोलरक्षक देबिका श्रेष्ठले ठम्याउन सकिनन् ।

खेलको ४५ औं मिनेटमा पुलिसले तेस्रो गोल गर्यो । सिर्जनाले प्रहार गरेको बल चौदण्डीकी गोलरक्षक देबिकालाई लाग्दै गोलमा परिणत भएको थियो । पहिलो हाफको इन्जुरी समयमा निर्मलाले गोल गरेपछि पहिलो हाफमा पुलिस ४-० को अग्रता बनायो

खेलको ८९ औं मिनेटमा रेखाले व्यक्तिगत दोस्रो गोल गर्दा पुलिस ५-० ले अघि रह्यो । त्यसपछि खेलको अन्तिम मिनेटमा सिर्जनाले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई ६-० को जित दिलाईन् । जितसंगै पुलिसले २ खेलमा ४ अंक जोडेको छ । पुलिस तालिकाको शीर्ष स्थानमा रहेको छ ।

चौदण्डीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

 

Click to comment

Trending