राष्ट्रिय

मिनाशको पाँच विकेटमा प्रदेश १ को सान्त्वना जित  

Published

on

मिनाश थापाले पाँच विकेट हात पारे पछि प्रदेश १ ले प्रधानमन्त्री कपमा सान्त्वना जित हात पारेको छ । प्रदेश १ ले समुह चरणको आफ्नो अन्तिम लिग खेलमा कर्णालीलाई ५९ रनले पराजित गरेको हो ।
जितका लागि २१६ रनको लक्ष्य पक्ष्याएको कर्णालीले ३५ ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर १५६ रन मात्र बनाउन सक्यो ।
प्रदेश १ को जितमा मिनाशले १० ओभर बलिङ गर्दै २६ रन खर्चिएर सर्वाधिक पाँच विकेट हात पारे भने दिपेश कंडेलले तीन तथा मनोज तामाङले दुई विकेट दर्ता गराउन सफल भए ।
कर्णालीको तर्फबाट ओपनर बिपिन रावलले सर्वाधिक ४७ रन बनाए भने निश्चल रावलले पनि ३१ रनको पारी खेले ।
पहिलो विकेटका लागि कप्तान रविन्द्र शाही र बिपिनले नौं दशमलब चार ओभरमा ६३ रन जोड्दै राम्रो सुरुवात दिए पनि त्यस पछि लगातार रुपमा विकेट गुमाउँदा कर्णालीले खेलमा हारको सामना गर्न पुगेको हो ।

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले खराब सुरुवातका बाबजुद पुरै ५० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा २१५ रन बनायो ।

उसको लागि कप्तान लोहनीले सर्वाधिक ६६ रन बनाए । ९७ बलको सामना गरेका उनले दिनेश अधिकारीको बलमा आउट हुनु अघि नौं चौका प्रहार गरे । सिद्धान्त बाहेक शुभांगकर उरावले २८ बलमा ३६ तथा मिनाश थापाले पनि २५ रनको योगदान दिए ।

कर्णालीका कप्तान रविन्द्र शाहीले सर्वाधिक तीन विकेट हात पारे भने दिनेश अधिकारी र अनुज चुनाराले पनि समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

Click to comment

Trending