राष्ट्रिय

कप्तान सिद्धान्तको अर्धशतकमा प्रदेश १ को मध्यम योगफल

Published

on

कप्तान सिद्धान्त लोहनीको अर्धशतकको मद्धतमा प्रदेश १ ले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको आफ्नो समुह चरणको अन्तिम खेलमा कर्णाली प्रदेशलाई २१६ रनको लक्ष्य दिएको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले खराब सुरुवातका बाबजुद पुरै ५० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा २१५ रन बनायो ।

उसको लागि कप्तान लोहनीले सर्वाधिक ६६ रन बनाए । ९७ बलको सामना गरेका उनले दिनेश अधिकारीको बलमा आउट हुनु अघि नौं चौका प्रहार गरे । सिद्धान्त बाहेक शुभांगकर उरावले २८ बलमा ३६ तथा मिनाश थापाले पनि २५ रनको योगदान दिए ।

कर्णालीका कप्तान रविन्द्र शाहीले सर्वाधिक तीन विकेट हात पारे भने दिनेश अधिकारी र अनुज चुनाराले पनि समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

Click to comment

Trending