Headline

रोनाल्डोले बिकानको किर्तीमान नतोडेको चेक फुटबल संघको दाबी

Published

on

बिहीबार नापोलीलाई २-० ले हराउदै युभेन्टसलाई सुपर कोपाको उपाधि जित्न मद्धत गरेका क्रिष्चियानो रोनाल्डोले उक्त खेलमा एक गोल गरेका थिए । त्यो एक गोलका कारण ७६० गोल पुर्याएका रोनाल्डोले चेक फुटबलका लेजेण्ड योसेफ बिकान सर्वाधिक गोल गर्ने किर्तीमान पनि तोडेका थिए ।

फुटबलको ईतिहासमै सर्वाधिक गोल गर्ने किर्तीमान बनाएको एक दिन पनि नबितेको अवस्थामा चेक गणतन्त्रको फुटबल संघ फुटबल एसोसिएसन अफ चेक रिपब्लिक(एफएसिआर) ले ट्विट गर्दै रोनाल्डोले बनाएको उक्त किर्तीमान सहि नभएको बताएको छ ।

रोनाल्डोले गरेको ७६० गोल योफेस बिकानको किर्तीमान भन्दा अझै ६१ गोल पछि रहेको बताएको छ । संघले ट्वीट गर्दै लेखेको छ,”फुटबल इतिहासको सर्वश्रेष्ठ गोलकर्ता ? चेक एफएको इतिहास र तथ्यांन्क समितिले महान योसेफ बिकानले गरेको सबै गोल गन्यो र अब हामी आधिकारिक खेलहरूमा उहाँले ८२१ गोल ​​गरेको घोषणा गर्न सक्दछौं।”

चेक फुटबल संघले फिफाले बिकानले दोस्रो डिभिजन खेल्दा गरेको ५३ गोल नगनेको आरोप पनि लगाएको थियो ।

Click to comment

Trending