Headline

लिभरपुलको एन्फिल्डमा ६८ खेल अपराजित यात्रामा बर्नलीको पानी

Published

on

६८ खेल,५५ जित,१३ बराबरी र लगभग चार बर्ष पछि, अन्ततः एन्फिल्डको अटुट सपनालाई बर्नलीले तोडिदिएको छ । एन्फिल्डमा गएको चार वर्षमा लिभरपुललाई पराजित गर्ने एक मात्र टोली बर्नाली बन्न पुग्यो । अन्तिम पटक २०१७ मा क्रिस्टल प्यालेसले एन्फिल्डमा जित निकाले पछि एन्फिल्डमा पहिलो पटक जित निकाल्ने टोली बर्नली बनेको हो ।

एशले बार्न्सले पेनाल्टीमा अन्तिम समयमा गोल गरे पछि लिभरपुल निरह देखियो । खेल सकिदा ७ मिनेट बाँकी रहँदा एस्ले बार्नेले पेनाल्टीमार्फत गोल गरेपछि लिभरपुल बर्नलेसँग १–० ले स्तब्ध बन्न पुग्यो ।

पोजेसनमा जती नै आफ्नो पक्षमा राखे पनि फिनिसिङमा लिभरपुल चुक्न पुग्यो । पहिलो हाफभरी नै लिभरपुलको दवाबलाई निकै आरामले डिफेन्ड गरेको बर्नलीका लागि गोलरक्षक निक पोपले पनि राम्रो भूमिका खेले । ३० औँ मिनेटमा जद्रान शाकिरीको प्रहारलाई बर्नलेका गोलरक्षक पोपेले विफल पारे । ४४ औँ मनेटमा डिभोक ओरिगीको प्रहार क्रसबारमा लाग्दा लिभरपुल अग्रता लिनबाट चुक्यो ।

दोस्रो हाफमा पनि उत्तिकै शान्त देखिएको बर्नलीले बिस्तारै लय समाउदै जाँदा लिभरपुलको डिफेन्स भने खस्किन पुग्यो । ८३ औँ मिनेटमा पेनाल्टी गोलमार्फत खेलमा अग्रता लिन पुग्यो । पेनाल्टी बक्समा बल अघि बढाएका एस्ले बार्न्सलाई सुरुवातमा फाविन्हो र त्यसपछि एलिसन बेकरले पालैपालो फाउल गरेपछि रेफ्रीले बर्नलेलाई पेनाल्टी प्रदान गरेका थिए ।

त्यो पेनाल्टीमा बार्न्स चुकेकन् र लिभरपुलको एन्फिल्डमा ८६ खेल अपराजित रहने सपनामा बर्नलीको आँधीबेरीले विश्व फुटबल जगत नै चकित रह्यो ।

लिभरपुलको १९ खेलबाट ३४ अंक छ । शीर्षस्थानको युनाइटेडको ४० तथा दोस्रो र तेस्रो स्थानमा रहेको सिटी र लेस्टरको समान ३८ अंक छ । यद्दपि सिटीको हातमा अझै एक खेल बाँकी छ । यस्तो अवस्थामा यो सिजन लिभरपुल उपाधी होडबाट बहिरिने सम्भावना बलियो रहेको छ ।

यो पनि पढ्नुहोस्: कहाँ गयो एक सिजन अघिको लिभरपुल ?

Click to comment

Trending