Headline

महिला लिग: वालिङ बिराटनगर बराबरीमा, एपिएफको जितमा सावित्राको ह्याट्रिक

Published

on

राष्ट्रिय महिला लिग अन्तर्गत बिहीबार भएको पहिलो खेलमा एपिएफले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६-० गोल पराजित गर्दा दोस्रो खेलमा भने वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाले १-१ गोलको बराबरी खेलेका छन् ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको एस्ट्रो ट्रफमा भएको पहिलो खेलमा चन्द्रपुर नगरपालिकालाई ६-० ले हराउदा । नेपाल राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिक गरेकी थिइन । यस्तै अन्य तीन गोल भने कप्तान अनिता बस्नेत,अन्जली कुमारी योन्जन र प्रिती राईले गरेकी थिइन ।

खेलको पहिलो गोल १४ औँ मिनेटमा सावित्राले गरेकी थिइन । मन्जली योन्जनले दिएको पासमा सावित्राले डिबक्स भित्रबाट सहजै गोल गरिन् ।

२२ औंँ मिनेटमा भने एपिएफले दोस्रो गोल गरेको थियो । यो पटक भने अन्जलीले अनिताले दिएको पासमा गोल गरेकी थिइन् । पहिलो हाफमा २-० को अग्रता लिएको एपिएफले दोस्रो हाफमा चारको गरेको थियो ।

खेलको ६२ औँ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३-० को अग्रता दिलाईन् । खेलको चौथोँ गोल भने ६४ औं मिनेटमा सावित्राले डिबक्स भित्रबाट मिलाएको बललाई अनिताले गरेकी थिइन । ७२ औँ मिनेटमा सावित्राले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा एपीएफले ५-० को फराकिलो अग्रता लिएको थियो । पाँचौँ गोल ८९ औं मिनेटमा डेब्यु खेलाडी प्रिती राईले गरेकी थिइन् ।

बिहीबारनै भएको दोस्रो खेलमा वालिङ र बिराटनगरले बराबरी खेल्दा वालिङका लागि सम्झना शर्माले गोल गरेकी थिइन भने बिराटनगरका लागि आशा कुमारीले गरेकी थिइन । खेलको दोस्रो मिनेटमै पाएको अग्रतालाई जोगाउन नसक्दा वालिङ बराबरीमा रोकिन पुगेको थियो ।

Click to comment

Trending