Headline

पुलिसको आक्रमक ब्याटिङ्ग, धमलाको शतक, पवनको किर्तिमानी अद्र्धशतक

Published

on

सुनिल धमलाले राष्ट्रिय क्रिकेटमा पहिलो शतक बनाउनुका साथै पवन शर्राफले १३ बलमै किर्तिमानी अद्र्धशतक पुरा गरेपनि नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशबिरुद्ध चार विकेटको क्षतिमा ३ सय १० रनको बिशाल योगफल बनाएको छ ।

त्रिवि मैदानमा टस हारी पहिलो ब्याटिङ्ग गरेको पुलिसले ओपनर कुशल भुर्तेललाई ६ रनमै गुमाएको थियो । त्यसपछि धमलाले खेललाई नियन्त्रणमा राखे । उनले दोश्रो विकेटका लागि अमित श्रेष्ठ (२८) सँग दोश्रो विकेटका लागि ५७ रनको साझेदारी गरे ।

लुम्बिनीले अमितको विकेट लिए पनि उसको समस्य झनै बढेको थियो । धमला र दिपेन्द्र सिँह ऐरिले तेश्रो विकेटका लागि १ सय २९ रनको बिशाल साझेदारी गरेका थिए । सुझबुझपूर्ण इनिङ्गस खेलेका धमलाले १ सय ४५ बलमा १ सय ४ रन बनाए । उनले सात चौका र एक छक्का हिर्काएका थिए ।

निकै आक्रमक लयमा देखिएका दिपेन्द्रले ६१ बलमा ८५ रनको योगदान दिए । दिपेन्द्रको इनिङ्गसमा ६ छक्का र एक चौका सामेल थियो । ४८ औं ओभरको दोश्रो बलमा सौरभ खनालले दिपेन्द्रलाई पेभिलियन फर्काउदा पुलिसको जम्मा २ सय ५४ रन थियो । उक्त ओभरमा पुलिसले १० रन बनाएको थियो ।

त्यसपछि अन्तिम दुई ओभर पवन र आरिफ शेख पूर्ण रुपमा लुम्बिनी बलरहरुमाथि हावी भए, बिशेष गरि पवन । उनले बिक्रम भुषालाई ४९ औं ओभरमा दुई छक्का प्रहार गरे भने उक्त ओभरमा पुलिसले १८ रन बटुल्यो । अन्तिम ओभर लिएर आएका सौरभलाई पवनले चार छक्का प्रहार गर्दै एक्लै २८ रन जोडेका थिए । अन्तिम बलमा उनले सौरभलाई छक्का प्रहार गर्दै घरेलु क्रिकेटको सबैभन्दा तिब्र अद्र्धशतक बनाएका थिए ।

सौरभले दुई ओभरमै ३८ रन दिन पुगे । आरिफले १४ बलमा २९ रनको योगदान दिए । उनको इनिङ्गसमा दुई चौका र दुई छक्का सामेल थियो ।

 

Click to comment

Trending