Headline

तेस्रो डिभिजनको एल्कोयानोसँग रियल म्याड्रिड पराजित

Published

on

स्पेनिस तेस्रो डिभिजनको क्लब एल्कोयानोसँग २-१ ले पराजित भए पछि रियल म्याड्रिड कोपा डेल रे को अन्तिम ३२ बाट बहिरिएको छ ।

शुरुवाती एघारको धेरै जस्तो खेलाडी दोस्रो रोजाइका खेलाएको रियल म्याड्रिडलाई एल्कोयानोले बिर्सनलायक हार चखाएको हो ।

एल्कोयानोको मैदानमा बुधबार राति भएको खेलमा रियल म्याड्रिडले पहिलो गोल गरेको थियो । रियलका लागि मार्सेलोको पासमा एडर मिलाटाओले गोल गर्दै ४५ औँ मिनेटमा अग्रता दिलाएको थियो ।

पहिलो हाफमा १-० ले पछि परे पनि हिम्मत नहार्दै प्रतिस्पर्धा गरेको एल्कोयानोले दोस्रो हाफको ८० औँ मिनेटमा भने बराबरी गोल गर्न सफल भएको थियो । एल्कोयानोका लागि जोस सोल्वेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । उनले मिड्फिल्डर सोल्वेसले रामोन लोपेजको पासमा गोल गरेका थिए । त्यसपछि निर्धारित ९० मिनेट र इन्जुरी समयमा नतिजा निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

अतिरिक्त समय एल्कोयानोलाई पहिले फापेन । १०९ औँ मिनेटमा एल्कोयानो १० खेलाडीमा समेटिन पुगेको थियो । क्यासमिरोलाई फल गरेपछि रामोन लोपेज दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । १० खेलाडीमा सिमित भए पनि रियलले त्यस्को फाईदा उठाउन सकेन ।

११५ औँ मिनेटमा भने जुवानानले एलि डियाकिट्ट्को पासमा गोल गर्दै रियललाई नमिथो हार चखाएका थिए । रियललाई २-१ ले पराजित गर्दै एल्कोयानोले अन्तिम १६ को स्थान बनाउन सफल भएको छ ।

 

Click to comment

Trending