Headline

रोनाल्डोको किर्तीमानसँगै युभेन्टसलाई सिजनको पहिलो उपाधि

Published

on

सिरी आ को चिरप्रतिद्वन्द्वी नापोलीलाई २-० ले हराउदै युभेन्टस सुपरकपको उपाधि हात पारेको छ । युभेन्टसको जितमा रोनाल्डोले नयाँ किर्तीमान समेत बनाएका छन् ।

दोस्रो हाफको ६४ औँ मिनेटमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएको रोनाल्डोले उक्त गोलसँगै फुटबलमा सर्वधिक गोल गर्ने किर्तीमान आफ्नो नाममा बनाएका छन् । उनले नापोली विरुद्ध बर्नरडेस्चीको कर्नरबाट आएको बललाई गोल गर्दै आफ्नो कारीयरको ७६० औँ गोल गर्दै क्रितीमान बनाएका हुन् । उनले ७५९ गोल गरेका योसेफ बिकानको किर्तीमानलाई टोड्दै फुटबलमा सर्वधिक गोल गर्ने खेलाडी बनेका हुन् ।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा रोनाल्डोले गोल गरे पछि निरह देखिएको नापोलीले दोस्रो गोल पनि खाएको थियो । ८० औँ मिनेटमा भने खेलमा फर्किदै बराबरी गर्ने अवसरमा पाएको पेनाल्टीमा लोरेन्जो इन्सिग्ने पेनाल्टीमा चुक्दा नेपोलीले शुभर्ण अवसर गुमायो ।

युभेन्टसका लागि दोस्रो गोल भने ९० मिनेट पछी थपिएको इन्जुरी समयमा युआन कोर्डाडोको पासमा अल्भारो मोराटाले गोल गदै युभेन्टसलाई सुपरकपको उपाधि जिताएका थिए ।

 

Click to comment

Trending