Headline

भिल्ला विरुद्ध सिटीको जित, युनाइटेड शिर्ष स्थानमा पकड बनाउदै

Published

on

प्रिमियर लिगको १८ औँ चरणको खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई २-० ले हराएको छ भने शिर्ष स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई २-१ ले हराउदै आफ्नो पकड कायम राखेको छ ।

सिटीको जितमा इकए गुन्डोवान र बर्नान्डो सिल्भाले गोल गरेका थिए । सिटीका लागि दुवै गोल दोस्रो हाफमा भएका थिए । पहिलो हाफमा भिल्लाको बलियो रक्षापङ्तीलाई टोड्न नसक्दा गोलरहित बराबरीमा रहेको खेलको दोस्रो हाफमा भने सिटीले दुई गोल गरेको थियो ।

७९औं मिनेटमा रोड्रीको पासमा सिल्भाले गोल गर्दै सिटीका लागि पहिलो गोल गरेका थिए भने इन्जुरी समयमा गुन्डोवानले पेनाल्टीमा गोल गर्दै सिटीको जित पक्का गरे ।

यस्तै युनाइटेडलाई जित दिलाउने क्रममा भने एडीसन कभानी र पाउल पोग्बाले गोल गरेका थिए । फुलह्यामका लागि भने एडेमोला लुकम्यानले खेलको पाँछौ मिनेटमै गोल गरेका थिए ।

तर २१ औँ मिनेटमा भने युनाइटेडका लागि कभानीले बराबरी गोल गरेका थिए । ब्रुनो फर्नान्डेसको प्रहार रिवाउन्ड भएर फर्कदा काभनीले जाली चुमाएका थिए ।

दोस्रो गोल भने पाउल पोग्बाले युनाइटेडका लागि ६५ औँ मिनेटमा गरे पछी जित पक्का भएको थियो ।

यो जितसँगै दोस्रो स्थानमा उक्लिएको सिटीको १८ खेलबाट ३८ अंक पुगेको छ । शीर्षस्थानको म्यानचेस्टर युनाइटेडको १९ खेलबाट ४० अंक छ । पराजित इस्टन भिल्ला २६ अंकसहित ११ औं स्थानमा छ ।

Click to comment

Trending