Headline

सकियो सन्दिपको दिल्लीसँगको यात्रा

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) टोली दिल्ली क्यापिटल्सले नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछानेलाई फुकुवा गरेको छ । आगामी संस्करणको लागि दिल्लीले सन्दिप बाहेक इंग्ल्यान्डका ओपनर जेसन रोय र भारतका तिब्र गतिका बलर मोहित शर्मालाई पनि फुकुवा गरेको छ ।

सन् २०१८ को संस्करणमा तीन बर्षका लागि २० लाख भारतीय रुपैयाँ दिल्लीमा आबद्ध भएका सन्दिपलाई सन् २०२१ संस्करणको लागि दिल्लीले आफ्नो टोलीमा नराख्ने निर्णय लिएको हो । फेब्रुअरीमा हुने अक्सनको लागि टोलीहरुले खेलाडी फुकुवा गर्ने र खेलाडीहरुलाई आफ्नो टोलीमा राख्ने नाम आज सार्वजनिक गरेका हुन् ।

सन् २०१८ र सन् २०१९ को संस्करणमा कुल नौं खेल खेलेका सन्दिपले यस सिजन भने एक खेलमा पनि खेल्ने मौका पाएनन् । आफ्नो पहिलो सिजन तीन खेल खेल्ने मौका पाएका सन्दिपले पाँच विकेट हात पारेका थिए भने दोश्रो संस्करणमा छ खेल खेल्ने मौका पाउँदा आठ विकेट आफ्नो नाममा दर्ता गराएका थिए ।

आगामी संस्करण खेल्नका लागि सन्दिपलाई अन्य टोलीले अक्सनबाट आफ्नो टोलीमा समावेस गर्न पर्ने हुन्छ ।

Click to comment

Trending