Headline

बिभागिय डर्बीमा पुलिस र आर्मीको बराबरी

Published

on

राष्ट्रिय महिला फुटबल लिगको उद्घाटन खेलमा नेपाल आर्मी फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लबले गोलरहित बराबरी खेलेका छन् । नेपाल पुलिसको सम्हालिएको डीफेन्सलाई तोड्न आर्मी असफल जस्तै रह्यो । पोजेसन आफ्नो पक्षमा पारे पनि आर्मीलाई नेपाल पुलिसले खुल्ने मौका दिएको थिएन ।

तेस्रो मिनेटमा आर्मीकी बिमला चौधरीले १८ यार्ड बक्स बाहिरबाट गरेको प्रहार पुलिसकी गोलकिपर सपना राईले रोकिदिइन ।

पाचौँ मिनेटमा आर्मीकी सपना लामाले ५ यार्ड बक्स नकिजबाट गरेको प्रहारले दिशा लिन सकेन। यस्तै सपनाले १३औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार बाहिरिएको थियो ।

१६औं मिनेटमा पुलिसकी रन्जिता गुरुङले दायाँतर्फ बाट गरेको क्रसमा निरु थापाको ट्याप इन आर्मीकी गोलकिपर अन्जना राना मगरले बचाएकी थिइन् । १९औं मिनेटमा फेरि पनि पुलिसकी निर्मला बिकलाई आर्मीकी रक्षक सुनिता चौधरीले फाउल गरेपछि फ्रिकिक पाएको थियो ।

३० औँ मिनेटमा पुलिसकी निरु थापाले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार फ्रेममा नपर्दा पुलिस आग्रता लिनबाट चुक्यो ।

४४ औँ मिनेटमा आर्मीकी सपना लामाले खाली पोष्टमा गरेको प्रहार आफ्नै टोलीकी सुनिता चौधरीलाई लागेर फर्किदा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा पनि दुवै टोलीले गोल गर्न सकेनन् । ७१ औँ मिनेटमा आर्मीको इन्दिरा राइले गरेको प्रहार सपना राइले राम्रो बचाएकी थिइन। ८१ औँ मिनेटमा आर्मीको अर्को प्रहारलाई पुलिसकि मनि गुरुङले गोललाइनबाट किल्यर गरेकी थिइन । ८७ औँ मिनेटमा आर्मीकि रष्मी घिसिङको प्रहर पोस्टबाट थोरै बहिरिएको थियो । यस खेलसँगै दुवै टोलीले अंंक बाढेका छन् ।

Click to comment

Trending