Headline

धनगढी क्रिकेट एकेडेमीमा सगरमाथा सिमेन्टको प्रायोजन

Published

on

सगरमाथा सिमेन्टले धनगढी क्रिकेट एकेडेमीको स्तरोन्नतीका लागि प्रायोजन सम्झौता गरेको छ ।

सम्झौता अनुसार सगरमाथा सिमेन्टले तीनवर्षका लागि धनगढी क्रिकेट एकेडेमीलाई आवश्यक पर्ने खेल सामाग्री, आयोजना गर्ने प्रतियोगिता, ग्रासरुट कार्यक्रम लगायत अन्य कार्यहरुमा सहयोग गर्नेछ । धनगढी क्रिकेट एकेडेमीले भने प्रयोग गर्ने जर्सी, आयोजना गर्ने प्रतियोगितामा सिमेन्टको लोगो प्रयोग गर्नेछ ।

तीन बर्षका लागि भएको प्रायोजना सम्झौतामा घोराही सिमेन्ट इन्डिष्ट्रिका तर्फबाट मार्केटिङ प्रमुख प्रतिक अधिकारी र एकेडेमीका अध्यक्ष सुवास शाहीबीच हस्ताक्षर भएको हो ।

“धनगढी क्रिकेट एकेडेमीसँग हाम्रो लामो सहकार्य रहँदै आएको छ । विगतमा पनि हामीले धनगढी क्रिकेट लिग हुँदै धनगढी प्रिमियर लिगलाई पनि मुख्य प्रायोजन गरिसकेका छौं । नेपाली क्रिकेटको विकासका लागि प्रतिबद्ध हाम्रो कम्पनीले यसपटक एकेडेमीमार्फत ग्रासरुट क्रिकेटको विकासमा योगदान गर्ने निर्णय गरेको हो,” अधिकारीले भने ।

“ग्रासरुट क्रिकेटको विकासमा सगरमाथा सिमेन्टको प्रवेशले नेपाली क्रिकेटको प्रवद्र्धनमा ठूलो भूमिका खेल्नेछ । पुनः एकपटक सहकार्यका लागि कम्पनीलाई धेरै धेरै धन्यवाद दिन चाहान्छौं । धनगढीलाई क्रिकेटका शहरका रुपमा चिनाउँन र यहाँ देशकै पहिलो फ्रेन्चाइजी क्रिकेट प्रतियोगिता आयोजना गर्न सगरमाथा सिमेन्टको प्रमुख हात रहेको छ,” एकेडमीका अध्यक्ष शाहीले भने ।

Click to comment

Trending