Headline

महिला लिग आजबाट, पहिलो खेलमै बिभागीय डर्बी

Published

on

राष्ट्रिय महिला लिगको उत्घाटन खेलमा आज त्रिभुवन आर्मी फूटबल क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् ।

अखिल नेपाल फूटबल संघ(एन्फा)ले सार्वजनिक गरेको खेल तालिका अनुसार आज आर्मी र पुलिस भिड्न लागेका हुन् ।

उत्घाटन खेल र फाइनल खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुनेछ भने अन्य खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुनेछ । यस पटकको लिग डबल राउन्ड रोविनको आधारमा हुनेछ ।

एक महिना चल्ने प्रतियोगितामा सात टोलीको सहभागीता रहनेछ । तीन विभागिय क्लब त्रिभुवन आर्मी फूटबल क्लब, नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब सहित चौदण्डीगढी नगरपालिका उदयपुर, बिराटनगर महानगरपालिका, वालिङ नगरपालिका स्याङ्जा र चन्द्रपुर नगरपालिका रौतहटको रहनेछन् ।

यसपटक प्रतियोगिताको विजेताले १५ लाख नगत प्राप्त गर्नेछ भने उपविजेताले ८ लाख पाउनेछन् भने यस्तै तेस्रो हुने टोलीले ५ लाख र चौथो हुने टोलीले ३ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ ।

खेल नेपाली समय अनुसार दशरथ रंगशालामा २:०० बजे सुरु हुने छ  ।

Click to comment

Trending