Headline

८० मा एक विकेट मात्रै गएको सुदुर १ सय १० मै अल आउट

Published

on

प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले अर्को कमजोर ब्याटिङ्ग प्रदर्शन गरेको छ । राम्रो अवस्थामा पुगिसकेको सुदुरपश्चिमले ३० रनको अन्तरालमा ९ विकेट गुमाएपछि सुदुर नेपाल पुलिस बिरुद्धको खेलमा ३३ दशमलव १ ओभरमा १ सय १० रनमा अल आउट भयो ।

सुदुर बागमती प्रदेशबिरुद्धको आफ्नो पहिलो खेलमा पनि १ सय १९ रनमै अल आउट भएको थियो ।

त्रिवि क्रिकेट मैदानमा डिफेन्डिङ्ग च्याम्पियन पुलिसले इनिङ्गसको दोश्रो बलमै सन्तोष भट्टलाई आउट गर्दै आकर्षक शुरुवात गरेको थियो । खडक बोहोरा र सन्जु दमाईले त्यसपछि ८० रनको साझेदारी गर्दै बलियो स्थितिमा पुर्याएका थिए । तर खडकलाई सागर ढकालले एलबिडब्लु ट्रयापमा पारेपछि सुदुरको पतन शुरु भएको थियो ।

आकर्षक ब्याटिङ्ग गरेका खडकले ५३ बलमा आठ चौका प्रहार गर्दै ४० रन बनाए । सन्जुलाई पनि सागरले नै पेभिलियन फर्काएका थिए । सन्जुले ५८ बलमा ३५ रन जोडे । उनले पाँच चौका प्रहार गरेका थिए ।

अरुण ऐरी (१३) र अर्जुन साउद (१०) बाहेक अन्य कुनै ब्याट्स्म्यानले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् । पुलिसका लागि सागर र दिपेन्द्र ऐरिले समान ४–४ विकेट लिएका थिए । सुदुरका पाँच जना ब्याट्स्म्यानले खाता खोल्न सकेका थिएनन् ।

Click to comment

Trending