Headline

लेस्टरसँगको हारपछि चेल्सी व्यवस्थापक लाम्पार्ड थप दवाबमा

Published

on

लेस्टर सिटीसँग पराजित हुंदै इङ्गलिस प्रिमियर लिगको आठौं स्थानमा झरेपछि चेल्सी व्यवस्थापक फ्रांक लाम्पार्डमाथि थप दवाब बढेको छ ।

मङ्गलवार घरेलु मैदानमा भएको खेलमा लेस्टरले चेल्सीलाई २–० ले पराजित गर्यो । जितपछि लेस्टर भने प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । ३८ अंक जोड्दै लेस्टरले एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडसँग एक र दुई खेल कम खेलेको म्यानचेस्टर सिटीसँग दुई अंकको अग्रता लिएको छ ।

अंक तालिकाको पहिलो हाफसम्मै तिब्र प्रतिस्पर्धा रहदा लिभरपुलको ३४, टोटेन्ह्यामको ३३ तथा एभर्टन र वेष्ट ह्यामको समान ३२ अंक रहेको छ । सिजनमा उत्कृष्ट शुरुवात गर्दै शिर्ष स्थानको पनि अनुभव गरिसकेको चेल्सी भने २९ अंकका साथ आठौं स्थानमा रहेको छ ।

लेस्टरले छैटौं मिनेटमै विल्फ्रेड एनडिडिको गोलमार्फत अग्रता लिएको थियो । पहिलो हाफमा चेल्सीले बनाएको खतरा मुभमा क्रिष्चियन पुलिसिच लड्दा भारको सहयोगमा उसलाई पेनाल्टी दिइएको थिएन । ४१ औ मिनेटमा जेम्स म्याडिसनले गोल गरेपछि लेस्टरले पहिलो हाफमै खेललाई आफ्नो नियन्त्रणमा राखेको थियो ।

मङ्गलवार नै भएको अर्को खेलमा वेष्ट ह्यामले वेस्ट ब्रोमलाई २–१ ले पराजित गर्यो । रेलिगेसन जोनमा रहेको वेस्ट ब्रोमको ११ अंक रहेको छ ।

Click to comment

Trending