Headline

एन्फाको १९ औँ साधारण सभा सम्पन्न, मनोनयनको ब्यवस्था खारेज

Published

on

अखिल नेपाल फुटबल संघ (एन्फा) को मंङ्गलबार १९ औँ साधारण सभा सम्पन्न भएको छ । २०७६ मा कोरोनाका कारण रोकिएको साधारण सभा यो बर्ष गरिएको हो ।

एन्फाले साधारण सभा मार्फत मङ्गलबार पदाधिकारी मनोनयनको ब्यवस्थालाई पनि खारेज गरेको छ । एन्फा साधारण सभाले संघमा मनोनयनको ब्यवस्थालाई खारेज गर्दै २१ सदस्यीय नयाँ कार्यसमिति बनाउने निर्णय समेत गरेको हो । अर्को साधारण सभाको कार्यसमितिमा संशोधित विधान लागु हुने एन्फा प्रवक्ता किरण राइले बताएका थिए । यस्तै निर्वाचनबाट आउने २१ सदस्यीय नयाँ कार्यसमितिमा २ जना महिला सदस्य हुनै पर्ने छ ।

राष्ट्रिय लिग सहितका एन्फाको ८२ करोड ६६ लाख ४२ हजार रुपैयाँको वार्षिक कार्यक्रमलाई पनि साधारण सभाले पारित गरेको छ । एन्फाले साधारण सभा मार्फत आफ्नो आर्थिक वर्षको खर्च र आम्दानी पनि निकालेको छ । प्रवक्ता राइका अनुसार एन्फाको अघिल्लो वर्षको खर्च ४१ करोड २६ लाख रुपैयाँ रहेको छ भने आम्दानी ४० करोड २६ लाख रहेको छ ।

यस्तै एन्फाले यही वर्ष चैतदेखि २०७८ वैशाखसम्म राष्ट्रिय लिग आयोजना गर्ने निर्णय गरेको छ । अघिल्लो पटक निकालेको २०७८ को वार्षिक क्यालेन्डरमा राष्ट्रिय लिग नभए पनि छलफल गर्दै २०७८ मा राष्ट्रिय लिग गर्ने एन्फाले बताएको हो । एन्फा साधारण सभाले २०७७ को बाँकी प्रतियोगिताको साथै २०७८ को वार्षिक क्यालेन्डर समेत साधारण सभाबाट पारित गरेको छ ।

यस्तै एन्फालेमनाङ, खोटाङ र नवलपरासी सुस्ता पूर्व जिल्लाहरुलाई पूर्ण एन्फा सदस्यता प्रदान गर्ने पनि निर्णय गरेको थियो ।

Click to comment

Trending