Headline

कर्णाली प्रदेशको राष्ट्रिय क्रिकेटमा पहिलो जित

Published

on

कर्णाली प्रदेशले राष्ट्रिय क्रिकेटमा पहिलो जित हात पारेको छ । प्रदेश संरचनामा क्रिकेट खेल्न थालेको तेश्रो बर्षमा आउदा कर्णालीले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई पाँच विकेटले पराजित गर्दै पहिलो जित हात पार्यो ।

जितका लागि २ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा हिमांशु शाहीले शान्दार अद्र्धशतक प्रहार गरेपछि कर्णालीले ३६ दशमलव ५ ओभरमा २ सय ५ रन बनायो । १ सय ४४ रनमा पाँच विकेट गुमाएको स्थितिमा हिमांशुले दिवान पुनसँग (८) सँग ६१ रनको साभेदारी गर्दा निकै आकर्षक ब्याटिङ्ग गरेका थिए ।

उनले ६० बलमा ६८ रन बनाउदा सात चौका प्रहार गरे । पहिलो ओभरमै ओपनर निश्चल रावललाई गुमाएको कर्णालीलाई बिपिन रावल र हेमन्त ओली (२९) ले ७५ रनको साभेदारी गर्दै सम्हालेका थिए । बिपिनले ४५ बलमा चार चौका र तीन छक्का सहित ४९ रन प्रहार गरे ।

कप्तान रविन्द्र जँग शाही (५) लाई सस्तैमा गुमाएपनि हिमांंशु र राज शाहले ३३ रनको अर्को महत्वपूर्ण साझेदारी पनि गरेका थिए । राजले ३० बलमा ३२ रन बनाउदै पाँच चौका प्रहार गरे । गण्डकीका लागि कप्तान बिपिन खत्रीले तीन विकेट लिएका थिए ।

यसअघि अद्र्धशतकसँगै १५ बर्षिय अर्जुन कुमालले एक पटक फेरि सम्हालिएको इनिङ्गस खेलेपछि मुलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङ्ग गरेको गण्डकीले ४२ दशमलव ३ ओभरमा २ सय ४ रन बनाएको थियो ।

२७ रनमै तीन विकेट गुमाएको गण्डकीलाई राहुल र अर्जुनले चौथो विकेटका लागि ८९ रनको साझेदारी गर्दै सम्हालेका थिए । ६४ बलको सामना गरेका राहुलले ६ चौका र तीन छक्का प्रहार गर्दै ५३ रन बनाए । छैटों विकेटको रुपमा आउट भएका अर्जुनले १ सय ४ बल खेल्दै ६ चौकाको मद्दतमा ४६ रन बनाए ।

छिटो छरितो रुपमा रन बटुल्ने क्रममा कप्तान बिपिनले ३४ बलमा तीन छक्का र दुई चौका प्रहार गर्दै ३२ रन बनाए । कर्णालीका लागि दिनशे अधिकारीले तीन विकेट लिए भने अनुज चुनारा र दिवान पुनले पनि २–२ विकेट लिएका थिए ।

पहिलो खेल त्रिभुवन आर्मी क्लबसँग ९८ रनले गुमाएको गण्डकीले सोमबार दोश्रो खेलमा प्रदेश १ लाई दुई विकेटले पराजित गरेको थियो । कर्णाली पहिलो खेलमा आर्मीसँग ८१ रनले पराजित भएको थियो ।

Click to comment

Trending