Headline

भारतको टेस्ट इतिहासकै उत्कृष्ट जित, लगभग दोश्रो रोजाईको टोलीसँग अष्ट्रेलिया हार्यो

Published

on

भारतले अष्ट्रेलियालाई उसकै भुमिमा आफ्नो टेस्ट क्रिकेट इतिहासकै सवोत्कृष्ट जित हात पारेको छ । नियमित टोलीबाट कप्तान बिराट कोहली, मोहम्मदा सामी, रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, जस्प्रित बुम्राह, उमेश यादव र केएल राहुलको अनुपस्थितिमा भारतले चौथो तथा अन्तिम टेस्टमा अष्ट्रेलियालाई तीन विकेटले पराजित गर्यो ।

कागजी रुपमा निकै बलियो देखिएको अष्ट्रेलियाबिरुद्ध भारतको यो दोश्रो रोजाइको टोली खेले सरह बनेको थियो । भारतलाई उसको इतिहासकै उत्कृष्ट जित दिलाउने क्रममा विकेटकिपर ब्याट्म्यान रिसभ पन्तले नटआउट ८९ रन बनाए ।

बराबरीमै टुङ्गिएको सिड्नी टेस्टमा पनि पन्तले ९७ रन बनाएका थिए । अन्तिम दिन जितका लागि ३ सय २८ रन पछ्याएको भारतले ओपनर रोहित शर्मा (सात) लाई सस्तैमा गुमाएको थियो ।

त्यसपछि शुबमन गिलले दोश्रो विकेटका लागि चेतेश्वर पुजारासँग १ सय १४ रनको शान्दार साभेदारी गरेका थिए । गिल शतक बनाउन ९ रनले चुकेपछि पुजाराले कप्तान अजिंक्या राहाने (२४) सँग ३५ रन जोडेका थिए ।

रहानेको विकेट पतनपछि पुजारा र पन्तले ६१ रन जोड्दा २ सय २८ रन जोड्दै आफ्नो चौथो विकेट गुमायो ।

त्यसपछि पन्तले नै भारतको इनिङ्गस सम्हालेका थिए । मयँक अग्रवाल (९) लाई पनि सस्तैमा गुमाएको भारतलाई पन्तले वाशिँगटन सुन्दरसँग अर्को ५३ रनको साझेदारी गर्दै जित नजिक पुर्याएका थिए । वाशिँगटन र नयाँ ब्याट्स्म्यान शार्दुल ठाकुर (दुई) सात रनको अन्तरमा आउट भएपनि पन्तले बिजयी चौका प्रहार गर्दै भारतलाई जित दिलाए ।

यो प्रतियोगितामा राम्रो प्रभाव जमाएका गिलले १ सय ४६ बल खेल्दै ९१ रन बनाए भने पुजाराले ५६ रन जोडे । पन्तले १ सय ३८ बलको सामना गर्दै ९ चौका र एक छक्का हिर्काए । गाबामा भारतले इतिहासकै सबैभन्दा ठूलो लक्ष्य पनि पछ्याएको हो ।

यो टेस्टमा पहिलो इनिङ्गसमा घरेलु टोलीले ३ सय ६९ रन बनाएपछि वाशिँगटन सुन्दर र शार्दुल ठाकुरले १ सय २३ रनको साझेदारी गर्दै भारतलाई ३ सय ३६ रनको सम्मानजनक योगफलतर्फ डोर्याएका थिए । दोश्रो इनिङ्गसमा २ सय ९४ रन बनाएपछि भारतले ३ सय २८ रनको लक्ष्य पाएको थियो ।

Click to comment

Trending