Headline

गण्डकीको कर्णालीलाई चुनौतिपूर्ण लक्ष्य

Published

on

गण्डकी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको आफ्नो तेश्रो खेलमा कर्णाली प्रदेशलाई २ सय ५ रनको लक्ष्य दिएको छ ।

राहुल उपाध्यायको अद्र्धशतकसँगै १५ बर्षिय अर्जुन कुमालले एक पटक फेरि सम्हालिएको इनिङ्गस खेलेपछि मुलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङ्ग गरेको गण्डकीले ४२ दशमलव ३ ओभरमा २ सय ४ रन बनायो । २७ रनमै तीन विकेट गुमाएको गण्डकीलाई राहुल र अर्जुनले चौथो विकेटका लागि ८९ रनको साझेदारी गर्दै सम्हालेका थिए ।

६४ बलको सामना गरेका राहुलले ६ चौका र तीन छक्का प्रहार गर्दै ५३ रन बनाए । छैटों विकेटको रुपमा आउट भएका अर्जुनले १ सय ४ बल खेल्दै ६ चौकाको मद्दतमा ४६ रन बनाए । छिटो छरितो रुपमा रन बटुल्ने क्रममा कप्तान बिपिन क्षेत्रीले ३४ बलमा तीन छक्का र दुई चौका प्रहार गर्दै ३२ रन बनाए ।

कर्णालीका लागि दिनशे अधिकारीले तीन विकेट लिए भने अनुज चुनारा र दिवान पुनले पनि २–२ विकेट लिएका थिए । पहिलो खेल त्रिभुवन आर्मी क्लबसँग ९८ रनले गुमाएको गण्डकीले सोमबार दोश्रो खेलमा प्रदेश १ लाई दुई विकेटले पराजित गरेको थियो ।

कर्णाली पहिलो खेलमा आर्मीसँग ८१ रनले पराजित भएको थियो ।

Click to comment

Trending