Headline

औबामेयाङले गोलको खडेरी तोड्दा आर्सनलको अर्को जित

Published

on

मिड टेबलबाट बाहिर निस्किने प्रयास गरिरहेको आर्सनल आफ्ना कप्तान पिएरे एमेरिक औबामेयाङ लयमा फर्किएपछि न्युकासल युनाइटेडमाथि शान्दार जित रच्न सफल भएको छ ।

सोमबारको प्रिमियर लिग खेलमा औबामेयाङले एक महिने गोल खडेरी तोडपछि आर्सनलले न्युकासललाई ३–० ले हरायो । जितपछि आर्सनल २७ अंक सहित १० औं स्थानमा उक्लिएको छ । खराब शुरुवात गर्दै एक समय रेलिगेसन जोनभन्दा केही माथि मात्रै रहेको आर्सनलले पछिल्लो पाँच लिग खेलमध्ये चारमा जित हात पारेको छ ।

डिसेम्बर १६ यता गोल नगरेका औबामेयाङले सोमबार ५० औं मिनेटमा आर्सनललाई अग्रता दिलाए भने बुकायो साकाले ११ मिनेटपछि टिमलाई दुई गोलको अग्रता दिलाए । औबामेयाङले ७७ औं मिनेटमा टिमको तेश्रो र आफ्नो व्यक्तिगत दोश्रो गोल गरेका थिए ।

“हामी एक टोलीको रुपमा एक ढिक्का हुदै गइरहेका छौं । हामीले मैदानबाहिर केही छलफलहरु गर्दै आइरहेका थियौं । पुरै टिम अहिले बलियो बनेको छ र त्यो मैदानमा देखिन थालेको छ,” आर्सनल मिडफिल्डर एमिली स्मिथले भने ।

न्युकासल सात अंकले मात्र रेलिगेसन जोन बाहिर १५ औं स्थानमा रहेको छ । पहिलो हाफमा पर्याप्त मौकाहरु चुकाएका औबामेयाङले सोमबार पनि आफ्नो खराब लयलाई कायमै राख्ने झल्को दिएका थिए । तर दुई गोल गर्दै उनले यो सिजन पाँच गोल गर्न सफल भएका छन् ।

Click to comment

Trending