Headline

अन्तत: ओजिलले छोडे आर्सनल

Published

on

पुर्व जर्मन मिड्फिल्डर मेसुट ओजिलले अन्तत: प्रिमियर लिग क्लब आर्सनल छोडेका छन् । ओजिल आर्सनल छोड्दै टर्किस क्लब फेनरबाचे पुगेका हुन् ।

अन्तिम पटक अघिल्लो वर्ष मार्च ७ मा वेष्ट ह्याम विरुद्ध १-० को जित निकाल्दा आर्सनलका लागि खेलेका ओजिलले त्यस पछि आर्सनलका लागि एक खेल पनि खेलेनन् । उनको ट्रान्सफर फि नखुलाए पनि उनी आफ्नो बल्यकालमा समर्थन गरेको क्लब फेनरबाचे पुगेका हुन् ।

३२ वर्षिय ओजिललाई आर्सनल छोडे पछि सन्यास लिने वा अन्य कुनै क्लब जाने बारे सोधिएको प्रश्नमा उनले उत्तर दिदै अमेरिका वा टर्कीमा फुटबल खेल्ने बताएका थिए । “मेरो यो समयमा सन्यास लिने कुनै योजना छैन मलाई सन्यास लिनु भन्दा अगाडि दुई देशमा फुटबल खेल्न मन छ, अमेरिका र टर्कि,” उनले भनेका थिए ।

“म टर्कीमा खेल्ने भए पक्का फेनारबाचे जाने छु,” उनले भनेका थिए ।

ओजिलले आर्सनलका लागि १ सय ८४ खेल खेल्दै ३३ गोल गरेका छन् ।

 

Click to comment

Trending