Headline

पृथुले उच्च लय कायम राख्दा बागमतीको बिशाल योगफल

Published

on

पुर्व अण्डर १९ कप्तान तथा राष्ट्रिय खेलाडी पृथु बास्कोटाले पुनरागमनमा अर्को उत्कृष्ट इनिङ्गस खेलेपछि बागमती प्रदेशले सुदुर पश्चिम प्रदेशलाई प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा ३ सय रनको बिशाल लक्ष्य दिएको छ ।

आइतबार आफ्नो पहिलो खेलमा ७ विकेटले पराजित गर्दै उत्कृष्ट शुरुवात गरेको बागमतीले सोमबार ९ विकेटको क्षतिमा २ सय ९९ रन बनायो । पारस खड्का (२०) र आकाश थापा (१३) लाई ६० रनको अवस्थामा गुमाएको बागमतीलाई पृथु र अर्का ओपनर आदिल खानले इनिङ्गस सम्हाल्दै १ सय ९ रनको शान्दार साझेदारी गरेका थिए ।

सम्हालिएर खेलेका आदिलले ८६ बलमा ६३ रन बनाउदा १० चौका प्रहार गरेका थिए । पृथुले त्यसपछि इशान पाण्डेसँग ३९ रनको साझेदारी गरेका थिए । यो प्रतियोगितामा निकै सकारात्मक बडी ल्याङ्गवेजमा देखिएका पृथुले ९४ बलमा ८४ रन बनाएका थिए । उनले १० चौका र दुई छक्का प्रहार गरे ।

पृथुले आइतबार पुलिसबिरुद्धको खेलमा पनि नटआउट ४८ रन बनाएका थिए । २ सय ११ रनमा पाँच विकेट गुमाएको बागमतीलाई त्यसपछि ज्ञानेन्द्र मल्ल र बिपिन आचार्यले ६२ रनको साझेदारी गर्दै ३ सय नजिक पगेका थिए । दुवै जनाले समान ३२ रन बनाएका थिए ।

सुदुर पश्चिमका लागि नारायण जोशीले तीन तथा भोज राज भट्ट र सन्तोष भट्टले २–२ विकेट लिएका थिए । सुदुर पश्चिमको यो पहिलो खेल हो ।

Click to comment

Trending