Headline

कहाँ गयो एक सिजन अघिको लिभरपुल ?

Published

on

योर्गन क्लोपको हालको लिभरपुलले २००५ पछि प्रिमियर लिगका लगतार तीन खेलमा गोल गर्न नसकेको यो पहिलो पटक हो र उनीहरुको ’अट्याकिङ थ्री’ अहिले पनि फर्ममा फर्किन सकेको छैन ।

लिभरपुलले आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडसँग गोलरहित बराबरी खेले पछि लगतार तीन खेलमा गोल गर्न सकेको छैन । युनाइटेड भन्दा अगाडिका न्युकासल युनाइटेडसँगको गोलरहित बराबरी र त्यसपछि साउथ्याम्पटनसँग १–० ले पराजित भए पछि लिभरपुलको आक्रमक अग्रपंक्ति चल्न सकेको छैन ।

तर २०१५ पछि भएको लिभरपुलको आमुल परिवर्तनलाई सबै फुटबल समर्थकले देखेकै छन् तर कोरोना भाइरसका कारण तन्किन पुगेको यो सिजनमा उसको खस्कदो फर्म टार्न नसकिने किसिमकै थियो ।

सिजनको शुरुवातमै लय समाए पनि चौथोँ चरणको खेलमा एस्टन भिल्लासँग ७–२ को नमिठो हार चाखे देखी खस्किएको लिभरपुलको प्रदर्शन पाँचौ चरणमा एभर्टनसँग २–२ को बराबरीका दौरान मुख्य खेलाडी भर्जिल भान डाइकलाई गुमाए पछि अझै प्रभावित भएको छ ।

एभर्टनसँग पछिका १३ प्रिमियर लिग खेलमा ६ मा जित हात पारेको लिभरपुल छ बराबरी र एकमा पराजित भएको छ । यि सबै खेलहरु हेरे पछि लिभरपुलका समर्थकहरु अब भने “त्यो लिभरपुल कहाँ गयो ?” भन्ने प्रश्न सोध्ने अधिकार पाउने छन् ।

प्रिमियर लिगको उपाधि होडमा घम्सा–घम्सी चलिरहेको अवस्थामा लिभरपुल यसरी नै पराजित हुँदै जाने हो र उसका प्रतिद्वन्दीहरुको खेल स्तर बढ्ने हो भने अर्को प्रिमियर लिगको सपना यो मर्सिसाइड क्लबले देख्न छोड्दा हुन्छ ।

युनाइटेड विरुद्धको खेलमा पनि निरिह देखिएको लिभरपुललाई अबको दिनहरुमा फेरी शिर्ष स्थानमा उक्लिने हो भने उसको अगाडिका तीन फर्वार्ड चल्नु र मुख्य डिफेन्डर भान डाइकको पुनरागमन हुन आवश्यक छ ।

लिभरपुल खस्किनुको मुख्य कारण खेलाडीहरुको चोट पनि हो । डिएगो जोटा र भान डाइक जस्ता स्टार खेलाडीको आवश्यकत क्लोपलाई छ ।

“यो अवस्थामा मलाई के को आवश्यकता छ यो क्लबलाई राम्रोसँग थाहा छ । तपाईंले गोल गर्दा वा जित हात पार्दा मात्र तपाईंको चर्चा हुन्छ । त्यही कारण अर्को खेलका लागि हामी तयार हुन जरुरी छ,” क्लोपले ब्यङ्य गर्दै पत्रकारहरुलाई भने ।

Click to comment

Trending