Headline

गण्डकीका बिशाल पौडेलले लिए प्रधानमन्त्री कपमा ह्याट्रिक

Published

on

बिशाल पौडेलले ह्याट्रिक लिएपछि गण्डकीले प्रदेश १ लाई प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा १ सय २ रनमै समेटेको छ ।

पहिलो खेलमा नेपाल एपिएफ क्लबसँग १ सय ८ रनमै समेटिएको प्रदेश १ ले लगातार कमजोर ब्याटिङ्ग प्रदर्शन गरेको हो । सात जना अण्डर २१ का खेलाडीहरु रहेको गण्डकी समुह प्रदेश १ ३० ओभर पनि टिक्न सकेन ।

बिशालले २८ औं ओभरको दोश्रो, तेश्रो र चौथो बलमा ह्याट्रिक लिएपछि प्रदेश १ प्रतियोगिताकै न्युनतम योगफलमा समेटिएको हो । बिशाल र सुभाष भण्डारीले समान ४ विकेट लिएका थिए । यस्तै कप्तान बिपिन क्षेत्रीले दुई विकेट लिएका थिए ।

प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक २४ रन बनाएका थिए । ३१ बलको सामना गरेका उनले एक छक्का र एक चौका प्रहार गरेका थिए । ओपनर मिनास थापाले ३४ बलमा २२ रन बनाए ।

गण्डकी आफ्नो पहिलो खेलमा आर्मीसँग ९८ रनले हारेको थियो । आर्मीको २ सय ८७ रनको बिशाल योगफल खडा गर्दा १ सय ८९ रन बनाएको गण्डकीको खेलको तारिफ भएको थियो ।

Click to comment

Trending